Websoft University

गाउलेहरुले गरे तालाबन्दी


गाईघाट, बैशाख १५ गते । रातो तारा डट कम,
बाटो निर्माण समितिका अध्यक्ष माथि दुव्र्यहार गरेको विरोधमा चौढण्डी नगरपालिका वडा न. ९ को वडा कार्यालयमा शुक्रबार स्थानीय गाउलेहरुले तालाबन्दी गरेकाछन् ।

नगरपालिकाको बजेटमा गाउँमै निर्माण भएको बाटोको सम्पन्नता प्रामाण पत्र लिन पुगेका उपभोक्ता समितिका अध्यक्ष प्रेम कुमार खड्कालाई वडा अध्यक्ष प्रकास राउतले विहीबार गाली गलौज गर्दै जुत्ताले हान्ने प्रयास गरेका थिए ।

तर वडा कार्यालयका कर्मचारीले बचावट गरेकोले कुनै अप्रिय घटना हुन पाएन । अघिल्लो दिनको घटनालाई लिएर उपभोक्ता समितिका अध्यक्ष सहित गाउँलेहरुको समूहले वडा कार्यालयमा पुगेर तालाबन्दि गरेको स्थानीय प्रत्यक्षदर्शी आन्नद चौधरीले बताए ।

‘काम सकेर सम्पन्नताको प्रमाण पत्र लिन जादा खड्का माथि दुब्र्यहार भएको हो । वडा अध्यक्षले तल्लो स्तरमै उत्रिएर गाली गलौज गरेका थिए ।’ उनले भने । वडागत बजेट बाहेक नगरपालिकाले खड्काको गाउँमा करिब ९ लाख रुपैया बाटो मर्मत र ग्राभेल गर्न छुट्टाएको थियो ।

उक्त योजनाको उपभोक्ता समितिमा खड्कालाई अध्यक्ष बनाईएको थियो । अध्यक्ष राउतले आफूलाई विना जानकारी बाटो निर्माण समितिमा  खड्कालाई अध्यक्ष बनाएको पहिले देखि नै विरोध गर्दै आएका थिए ।

सम्पन्नता दिने बेला विभिन्न वाहानामा वडा अध्यक्षले काममा अवरोध गरेपछि दुबैबीच विवाद भएको हडियाका स्थानीय बासिन्दा पूर्व गाविस अध्यक्ष अर्जुन कुमार दाहालले भने ।
‘मैले काम सकियो अब सम्पन्नता दिनु पर्यो भन्ने वित्तिकै म माथि गाली गलौज गरियो ।’

उपभोक्ता समितिका अध्यक्ष खड्काले भने ।‘ म आफै अचम्मित भए । म माथि दुब्र्यहार भएको सुनेर गाउँेलेहरुले वडा कार्यालयमा तालाबन्दि गरेको उनले बताए ।
वडा अध्यक्ष राउतले भने बाटो निर्माण भएको अनुगमन गरेर मात्र सम्पन्नता दिने आफनो अडानले विवाद भएको बताए ।

‘मैले उनलाई गाली गलौज गरेको छैन । स्थलगत नापजाच गरेर मात्र सम्पन्नता प्रमाण पत्र दिने भने पछि उनीहरुले मेरो विरोध गरेको हो ।’ वडा अध्यक्ष राउतले भने ।

श्याम राई-उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.