Websoft University

निजीकरण भएर नचलाइएका उद्योग राष्ट्रियकरण हुन्छःमन्त्री यादव

काठमाडौ,बैंशाख, १५ गते । रातो तारा डट कम,
उद्योगमन्त्री मातृका यादवले निजीकरण गरेर बन्द राखिएका सरकारी उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । एक कापी उद्योगको उद्घाटन गर्न चितवन आएका मन्त्री यादवले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै त्यस्ता बन्द उद्योग तथा कलकारखाना छिट्टै नै पुनःसञ्चालनमा आउने दावी गरे ।

नवलपुरको गैंडाकोटमा बन्द रहेको भृकुटी कागज कारखानाप्रति लक्षित गर्दै मन्त्री यादवले भने, ‘सरकारले जुन उद्योग करलकारखाना निजीलाई दिएको छ, त्यसको रिपोर्ट तयार गर्दैछौं, चलेका उद्योगलाई सहयोग गर्छौ, नचलेकालाई राष्ट्रियकरण ।’

सरकारले निजीकरण गरेका कतिपय उद्योगहरु चलाउने भन्दा पनि साईनबोर्ड झुड्याउने र त्यसको नाममा व्यापार गर्ने गरेको मन्त्री यादवले बताए ।

उनले दाता खाजेर भएपनि देशमा उद्योग कलकारखाना संचालन गरेरै छाड्ने दावी गरे । ‘राष्ट्रिय उद्योग वेचेर खाने विगतको परम्पराले गर्दा उद्योग व्यबसाय फस्टाउन नसकेको हो’ उनले भने, ‘नेता कर्मचारी कमिसनको लोभमा फस्दा उद्योगको विकास हुन सकेन’ उनले भने ।

बैदेशिक लगानी, निजी क्षेत्र र आम जनताको लगानी उठाएर उद्योग संचालन गरिने उनको भनाइ छ ।

मन्त्री यादवले देशमा अब धमाधम उद्योग कलकारखाना संचालन हुने भन्दै छिट्टै सरकारले फलाम उद्योग सञ्चालन गर्न लागेको जानकारी दिए । नेपालमा खुल्ला बजार नीति र उदारीकरणको गलत प्रयोग भएको उनको भनाई छ ।

‘सरकारी धन भनेपछि जसले पनि लुट्न खोज्ने र खाइहालौं भन्ने प्रवृति छ’मन्त्री यादवले भने,’गाँउको विकास गराउन पठाएको रकम पनि कसरी खाँउ भन्नेमा मात्रै सबैको केन्द्रित छ।’

देशमा आर्थिक विकास गरेर सुशासन तर्फ लैजान बाम गठबन्धनको सरकार केन्द्रित भएको उनले बताए । अर्को प्रसंगमा मन्त्री यादवले जनताको जनादेश अनुसार नेकपा एमाले र माओवादी बिच पार्टी एकता आबश्यक रहेको स्पष्ट पारे । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.