Websoft University

कटारी नगरपालिकामा खैलाबैला-लेखा अधिकृत पक्राऊ


श्याम राई-गाईघाट, बैशाख १३ गते । रातो तारा डट कम,
चार करोड रुपैया हिनामिनाको आरोपमा लेखा अधिकृत पक्राऊ परेपछि उदयपुरको कटारी नगरपालिकामा खैलाबैला मच्चिएको छ । सामाजिक सुरक्षा भत्ता वापतको रकम ३ करोड ९८ लाख रुपैया लिई एक सातादेखि फरार रहेका नगरपालिकाका लेखा अधिकृत रविन चन्द्र ढकाल बुधबार काठमाडौंमा पक्राऊ परेकाछन् । नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिउसो लिखित निवेदन गरेपछि लेखा अधिकृत ढकाल बुधबार राती पक्राऊ परेका हुन् ।

ढकालले सामाजिक सुरक्षा भत्ताको रकम बाहेक नगरपालिकाको अन्य कोषबाट समेत रकम निकालेको आशंका गरिएको छ । विहीबार दिनभरि नै नगरपालिकाका सबै शाखाका कर्मचारी बैंक स्टेटमेन निकाल्न र विल भौचर र साटिएको चेकको रकम खोज्न व्यस्त रहेका थिए ।‘ ठूलो रकम हिनामिना भएको खबर फैलिए लगतै नगर कार्यालयमा खैला बैला मच्चिएको छ । कर्मचारी सबै निरास भएर बसेकाछन् ।’ कटारी नगरपालिकाका सामाजिक परिचालक हिरा दनुवारले भने ।

‘ मान्छे हेर्दा निकै भलादमी देखिन्थे । तर भित्री रुपमा लेखा अधिकृत फटाहा रहेछन् ।’ उनले भने । लेखा अधिकृत ढकालले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूण्य प्रसाद पौडेलको नक्कली हस्ताक्षरगरि रकम निकालेको खुल्न आएको छ ।

उदयपुर कोष तथा लेखा नियन्त्रण कार्यालयले रा.बा.बैंक कटारी शाखामा जम्मा गरेको केही दिनमै उनले कार्यालय प्रमुखको कीर्ते हस्ताक्षर गरेर रकम निकालेको मेयर श्रेष्ठले बताए । ढकालले १ करोड ९८ लाख ७५ हजारको दरले २ पटक रकम आफनो खातामा जम्मा गरेको र काठमाडौं थापाथली शाखाबाट २७ लाख बाहेक पटकपटक सबै रकम निकालेको मेयर श्रेष्ठले बताए ।

लेखा अधिकृत ढकालले चैत्र २१ गते गोविन्द नामको व्यक्ति मार्फत १ करोड ५० लाख र ५ गते हर्क वहादुरको नामबाट १७ लाख निकालेको रा.बा.बैं कटारी शाखाका प्रमुख उमापती बास्तोलाले बताए । अख्तियारको हिरासतमा रहेका ढकाल माथि छानविन भैरहेको मेयर श्रेष्ठले बताए ।


श्याम राई÷उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.