Websoft University

ठुलो परिमाणमा लागुऔषध र हतियार सहित सात भारतीय पक्राउ


बिराटनगर, बैशाख १४ गते । रातो तारा डट कम,
मोरङको विराटनगर महानगरपालिका ४ स्थित नोबेल मेडिकल कलेज अगाडी नहरबाट लागुऔषध र हतियारसहित सात जना भारतीय नागरिक पक्राउ परेका छन।

मंगलबार राती २०:३० बजे नहर डिलको बाटोमा भारतीय नम्बर प्लेटका तीन वटा मोटरसाइकलमा शंकास्पद अवस्थामा ओहोर दोहोर गर्दै गरेका  ६ जना  र  सोही स्थानमा घुमफिर तथा ओहरदोहर गरी रहेका १ सहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले ठुलो परिमाणमा लागुऔषध र एक थान अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरी बुधबार सार्वनजिक गरिएको हो।

पक्राउ पर्नेमा भारत विहार अररिया जिल्ला बथनाहा  ४ बस्ने बर्ष २४ को रोहित कुमार शर्मा, भारत विहार अररिया जिल्ला फारबिसगंज २ बस्ने बर्ष ३० को प्रमोद भन्ने बिनोद यादव, भारत विहार अररिया जिल्ला मिल्की डुमरीया ९ बस्ने बर्ष  १८ को राजा कुमार यादव, भारत विहार अररिया जिल्ला मिल्की डुमरीया ९ बस्ने बर्ष २२ की निलम देवी यादव, भारत बिहार अररीया जिल्ला सिमराहा बस्ने बर्ष २६ को प्रकाश कुमार दास, भारत विहार अररिया जिल्ला रानीगंज बस्ने बर्ष ३३ को रन्जित कुमार शर्मा, र भारत विहार अररीया जिल्ला बरारभतनाजा ७ बस्ने बर्ष ४० को सुरज नारायण यादव रहेका छन्।

उनीहरुको साथबाट लागुऔषध एभिल १७७५ एम्पुल, डाईजेल्याब ५०० एम्पुल, स्पास्मोप्रोक्सिभन क्याप्सुल १७७६ चक्की, नाइट्रोसन ट्याब्लेट ७२५ चक्की, लुपीजेसीक ५२५ एम्पुल, फेनारागन १२५ एम्पुल, डाइलेक्स डिसी १३ बोतल  बरामद भएको छ।

त्यस्तै प्रहरीले उनीहरुको शरिर खानतलासी गर्नेक्रममा BR-38-F-1228 नम्बरको मोटरसाइकलमा सवार रहेका भारत विहार अररिया जिल्ला फारबिसगंज २ बस्ने बर्ष ३० को प्रमोद भन्ने बिनोद यादवले कम्मरको बाँयापट्टी लुकाइ राखेको अवस्थामा Made in USA लेखिएको एक थान अटोमेटीक पेस्तोल, सोही पेस्तोमा प्रयोग हुने म्याग्जिन एक थान र म्याग्जिन भित्र ६ राउण्ड गोली बरामद भएको जनाएको  छ।

प्रहरीले उनीहरु सवार रहेका BR-38-F-1228, BR-38-H-4050 र BR-38-D-5226 नम्बरको तीन वटा मोटरसाइकल, साथमा भएको सामसुङ कम्पनीको मोवाईल ४ थान, Itel कम्पनीको मोवाईल १ थान, माईक्रोम्याक्स कम्पनीको मोबाईल १ थान र नेपाली ८१ हजार रुपैया समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरुलाई बुधबार  लागुऔषध तथा हातहतियार खरखजना ऐन अन्तरगत म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.