Websoft University

पास होइन हामीले चाहेको सर्वोत्कृष्ट रिजल्ट हो ।



 बिराटनगर असोज १४ गते । रातो तारा डट कम,भोजपुर जिल्लाको साविक साङ्पाङ गा वि स(हाल षडानन्द न पा ११ ) मा आमा धनकुमारी र बुबा यदुनाथ पराजुलीको कोखबाट जन्मिएकी तारा पराजुली हाल बेलबारी नगरपालिकाकी उपमेयर हुन्।उनी तत्कालिन नेकपा एमालेको तर्फबाट वेलवारी नगरपालिकाकी निर्वाचित उपमेयर हुन्। 

स्नातकोत्तरसम्मको अध्ययन गरेकी पराजुली लामो समय आफैंले स्थापना गरेको मोरङ ज्ञानोदय स्कूलमा अध्यापनरत रहिन् । राजनीति,समाजसेवा,साहित्य संगीत र लेखनको क्षेत्रमा अब्बल उनका ५ साहित्यिक कृतिहरु प्रकाशन र दर्जनको हाराहारीमा उनीद्वारा लिखित गीतहरु रेकर्डिङ भइसकेका छन् ।स्थानीय स्तरदेखि जिल्ला अन्चल हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका दर्जनौं पुरस्कार र अवार्ड प्राप्त गरिसकेकी यिनै बहुमुखी प्रतिभाकी धनी पराजुलीसंग समसामयिक विषयमा गरिएको संवादको सम्पादित अंश।

१.कोरोनाको महामारी छ।तपाईं निकै व्यस्त हुनुहुन्छ।यसबेला तपाईंहरुले नेतृत्व गरिरहेको स्थानीय सरकार के गर्दैछ?यसमा उपमेयरको नाताले तपाईंको भूमिका कस्तो छ ? सान्दर्भिक प्रश्नका लागि धन्यवाद।यसबेला म मात्रै होइन देशभरका जनप्रतिनिधिहरु दौडधुपमै हुनुहुन्छ।म पनि उहीँ भूमिकामा छु।लगभग बितेको छ महिना यता विश्व जगतले निक्कै ठूलो संकटको सामना गर्नुपरिरहेको छ । 

अप्रत्याशित रुपमा एकाएक विश्वभर फैलिएको संकटको स्वरुप कहाली लाग्दो छ । एक निश्चित समयको अन्तरालमा विश्वले यस्ता विपत्तिको सामना गर्दै आएको इतिहास मात्र पढेका हामीलाई आफैँ स्थानीय सरकारको नेतृत्व गरिरहंदा पक्कै पनि नयाँ अभ्यास र अप्रत्याशित रुपमा आएको यस संकटले अलि अफ्ट्यारो महशुस भएपनि हाम्रो पहिलो दायित्व र जिम्मेवारी नगरवासी बचाउनु हो।हाम्रा नागरवासीहरुको स्वास्थ्यप्रति हामी सचेत छौँ।मुलुकले यस्ता महामारीको सामना पटकपटक गरेपनि यस पटकको संकट भिन्न स्वरुपमा प्रवेश गर्यो ।तैपनि हामी निरन्तर जुधिरहेका छौं जुधिरहनेछौँ।महामारी सुरु भएसँगै हामीले कोरोना रोकथाम नगर समन्वय समिति गठन गरि सल्लाह समन्वयले काम गर्यौँ।गरिरहेका छौँ।

हाम्रो नगरपालिकाले नागरिकहरुको स्वास्थ्य, सुरक्षा र सतर्कतालाई मध्यनजर गरेर व्यवस्थित क्वारेन्टाइन संचालन गरेको छ । सामान्य सङ्केत देखिएका पोजेटिभ विरामी राख्न आफ्नै आइशोलेसन वार्ड निर्माण र संचालन गरेको छ। बाहिरी देश र जोखिमपूर्ण ठाँउबाट आउने व्यक्तिहरुलाई १४ दिनसम्म अनिबार्य राखेर पिसिआर टेस्ट र नेगेटिभ रिपोर्ट पश्चात घर पठाइन्छ । 

पोजेटिभलाई आइशोलेसनमा राखिन्छ।लकडाउनका कारण हातमुख जोड्ने समस्या भएका नागरिकका लागि राहत प्याकेजको व्यवस्था गर्यौ।अहिलेको कोरोना संक्रमण, महामारी र आतंकबाट त्रसित हुनुपरेको अवस्थासँगसँगै आर्थिक गतिविधिलाई व्यवस्थित ढंगले लगेनौँ भने आजको महामारी भोलि भोकमरीमा परिणत हुने भएकोेले त्यो अफ्ट्यारो परिस्थिति नहोस भन्नका लागि पनि हामीले लकडाउनका बीच पनि सतर्क रहँदै विकास निर्माण र दैनिक कामकाज गर्दै गयौँ । यसबाट हामीले सिकेको पाठ नै सचेतता र सतर्कता सहित आत्मबल बलियो बनाउने हो । कोरोनासँग लड्न नागरिक स्वयं सचेत नहुने हो भने संक्रमणविरुद्धको लडाइँमा हामी जीत हाँसिल गर्न सक्दैनौँ ।

कोरोनाको कारण उत्पन्न दवाव हुँदाहुँदै बाढिपहिरो, खोला कटान र डुबानको त्रास सुरु भयो। हाम्रो नगरपालिकामा पर्ने चिसाङ र लोहोन्द्रा दुइवटा ठूल्ठूला खोलाहरु छन् । यी खोलाहरुबाट बर्सेनी कटान हुँदा जंगल क्षेत्रहरू, खोला किनार सथै नगरवासीहरुले आफ्नो भौतिक सम्पत्तिको ठूलो हिस्सा गुमाउनु नपरोस् भनेर जोखिमपूर्ण ठाँउहरुमा अस्थायी तटबन्धको काम भयो। म आफैं नगरस्तरीय अनुगमन समितिको संयोजक भएकोले हाम्रा बजारहरुलाई उपभोक्ता मैत्री बनाउन,कालोबजारी,मूल्यवृद्धि र आर्थिक अपचलन हुन नदिन बजार अनुगमनलाई निरंतरता दिएको छु।नगरभित्र विभिन्न ठाँउमा विभिन्न ठाँउमा राजस्व अनुगमनअन्य योजना अनुगमनलाई निरन्तरता दिइएको छ।

बन्दाबन्दीको समय हिंसा दोब्बर बढयो। न्यायिक समितिमा मुद्दाको निकै अग्लो चाङ छ।प्राथमिकताका आधारमा हरेक दिन मेलमिलापको काम प्रभावकारी ढंगले अघि बढाइएको छ।लकडाउनका कारण समस्यामा परेका साथै हिँसापिडीतहरुलाई कानुनी उपचारको लागि सहयोग गर्ने गराउंने काम भएको छ।सडक मानवहरुको उद्दार लगायत थुप्रै कामहरु भएका छन् ।यसबेला हामीजस्तै ज्यान जोखिममा राखेर काम गर्ने फ्रन्टलाइनर स्वास्थ्यकर्मी सुरक्षाकर्मीहरुलाई हौसला प्रेरणा दिन आवश्यकता अनुसार उनीहरुसंग नागरिकका घर आंगन पुग्ने गरेकी छु।समग्रमा भन्नुपर्दा आवस्यकता अनुरुप जुनसुकै बेला कामको लागि पनि खटिरहेकी छु।
२.प्रदेश १ का जनप्रतिनिधिहरु मध्येमा राम्रो काम गरिरहेको व्यस्त र क्षमता भएको प्रतिभाशाली उपप्रमुख भनेर जनताहरुले तपाईंको चर्चा गर्छन।यस्तो कुराले तपाईंलाइ कस्तो महसुस हुन्छ ?

बाहिर चर्चा केकस्तो छ त्यो त जनताले मूल्याङ्कन गर्ने कुरा हो।हाम्रा आम कार्यशैली हर्दम नियालिरहने आम नागरिक नै सुकिलो ऎना हुन् ।हामी चौतर्फी निगरानीसहित कठिन परिक्षाको हलमा परिक्षा दिंदै गरेका विद्यार्थी हौँ।यो अफ्ट्यारो डेस्कबेन्चमा बसेर म आफ्नै कार्यक्षमताको परीक्षा दिंदैछु।पास होइन मैले चाहेको रिजल्ट उत्कृष्ट हो।

म अहिले जसरी खटिरहेकी छु यो सबै चर्चाको लागि होइन।पदीय दायित्व र जनताबाट प्राप्त जिम्मेवारी इमानदारपूर्वक निर्वाह गरेकी हुँ।मेरो एउटा विशेषता के हो भने,म जति गर्छु राम्रो गर्नुपर्छ,म जहाँ टेक्छु टेकेको ठाउँ बलियो बनाउनु पर्छ,जे बोल्छु अर्थपूर्ण बोल्नुपर्छ,जे काम गर्छु सकारात्मक परिणाम आउनेगरी गर्नुपर्छ भन्ने हो। यही मान्यताले अनुरुप जनताको मतले निर्देशित भइ जनप्रतिनिधि भएकोले नागरिकहरुको आशा र विश्वास भत्किन दिनुहुन्न।यी सबै कुरामा म सचेत छु।

कुरा रह्यो क्षमता र प्रतिभाकोसचुनाव अघि म एक राजनीतिकर्मी,लेखक,साहित्यकार, गीतकार,विद्यालय संचालक र शिक्षक थिएँ।मलाई लाग्छ,केही क्षमता,केही प्रतिभा,केही इमानदारीताकै कारण मलाई मेरो पार्टीले टिकट दियो।जनताले मत दिनुभो र जनप्रतिनिधिको भूमिका प्रदान गर्नुभो।हिजो आफ्ना सिर्जनामार्फत विकास,परिवर्तन र समृद्धिका कुरा लेखिरहँदा आज म आफैँ कार्यन्वयनको एउटा ढोकामा छु। राज्यसंचालनको एउटा जिम्मेवार तहमा रहँदा यसबेला जनताको प्रतिनिधि जनउत्तरदायी बन्नुपर्छ।

हिजोका दिनमा कुनै पार्टीबाट चुनाव लड्नु एउटा कुरा हो। तर निर्वाचित भएपछि आम जनताका वास्तविक अभिभावक बन्न सक्नुपर्छ,जनताको मतको अवमूल्यन नगरी जनताको इमानदार सेवक बन्न सक्नुपर्छ भन्ने मेरो भावनालाई र कार्यनयन गर्ने मभित्रको इच्छाशक्ति र क्रियाशीलतालाई जनताले मनपराइदिनुभएको छ।हरेक काममा जनताको उत्साहजनक सहयोग,सद्भाव र प्रेम प्राप्त गरेकी छु।जसबाट थप काम गर्ने आंट हिम्मत थपिएको छ।यस अर्थमा खुब खुशी अर्थात् गर्व महशुस भएको छ।

पछिल्लो समय व्यस्त मात्र होइन अति व्यस्त छु।बिहानदेखि बेलुकीसम्म जनताकै काममा व्यस्त हुन्छु।मैले बुझेको कुरा अहिले जनप्रतिनिधि प्रति जनताको ठूलो विश्वास र आशा छ।यो आशाको सुन्दर महल भत्काएर नागरिकमा निराशाको सन्देश पुर्याउनु हुन्नं भनेर जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेकी छु। मेरो कामप्रति नगरवासीहरु अत्यन्तै खुशी हुनुहुन्छ।मेरो कार्यशैलीको कारण जनताको आँखामा यसरी सन्तुस्टीको उज्यालो घाम उदाइरहेको देख्दा खुशी त लाग्छ नै अहोरात्र काममा खटेपनी कहिल्यै थकान महशुस हुँदैन। यसरी जनताको माया र सकारात्मक कामप्रति जस पाउँदा खुव गर्व महशुस हुन्छ।

३।सधै व्यस्त हुनुहुन्छ।हामीले हेर्दा तपाई बहुप्रतिभाको धनी हुनुहुन्छ।परिवार, राजनीति, समाजसेवा, साहित्य संगीत सबै क्षेत्रमा उतिकै सक्रिय हुनुहुन्छ , यसको लागि समय चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छरु

पछिल्लो समय व्यस्त मात्र होइन अति व्यस्त छु।यो सामाजिक जिम्मेवारी निर्वाद रुपमा बहन गर्न सबभन्दा ठूलो योगदान सहयोग मेरो घरपरिवारको छ।परिवार यति धेरै उदार र सहयोगी नभईदिएको भए अहिले म यो स्थानमा सायदै हुन्थें होला जस्तो लाग्छ। कहिलेकाहीँ त सोच्छुसघरपरिवारले मलाई यति धेरै समय दिएको छ मैले परिवारलाई केही दिन सकेको छैन। 

कहिल्यै पर्याप्त समय दिन सकेको छैन।बिहानदेखि बेलुकीसम्म जनताकै काममा व्यस्त हुन्छु।स्थानीय सरकार जनताको आंगनको सरकार हो भन्ने आम बुझाई छ।कहिलेकाही बिहान उज्यालो हुनुअघि ओछ्यानमै छँदा सेवाग्राही आएर ढोका ढकढक्याउनु हुन्छ।उहाँहरुका समस्या सुन्नुपर्छ। तत्काल टेलिफोनबाटै समाधान हुने समस्याहरु तत्काल समन्वय गरि समाधान गरिदिन्छु।दिनभर कार्यलयको काम,फिल्ड,समस्यामा परेका नागरिकहरुसंग भेटघाट,भेला,बैठक आदि हुंदाहुदै घर आइपुग्दा राति अबेर हुन्छ।थोरै फुर्सद मिलाएर रातको समयमा अध्ययन र लेखनलाई पनि निरंतरता दिने गरेकी छु।

साहित्य सिर्जना र लेखनको कुरा चाहिं विषय वस्तुले बारम्बार हिर्काएपछि नलेखीरहन सकिन्नं तसर्थ समय मिलाएर लेख्ने गरेकी छु।मैले बुझेको कुरा अहिले जनप्रतिनिधि प्रति जनताको ठूलो विश्वास र आशा छ।यो आशाको सुन्दर महल भत्काएर नागरिकमा निराशाको सन्देश पुर्याउनु हुन्नं भनेर जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरंहदा हाल साहित्यकार सिर्जनाकर्मी एकदमै कम र बढी जनप्रतिनिधिको भूमिकामा छु। यसो भनिरहँदा मैले साहित्य सिर्जनालाई थाँती राखेको भने होइन।किनकी यी क्षेत्र मेरा मेरा रुचिका क्षेत्रहरु हुन।धेरै लेखक सर्जकहरुको चिन्ता छ एउटा कविको कवित्व पार्टीको झण्डाले ओझेल पार्छ कि भनेर।तर यस प्रसङ्गमा म सचेत छु।

४।सम्बिधान दिवसको दिन धेरै मान्छेहरूलाई पदकबाट विभुषित गर्यो सरकारले।तपाई जस्तो लोकप्रिय जनप्रतिनिधि पर्नु भएन तपाईलाई दुस्ख लागदैन रु

हाहा...लामो हाँसो हांस्दै,दुस्ख पटक्कै लागेको छैन। मैले लेखनका माध्यमबाट थुप्रैपटक थुप्रै पुरस्कार र सम्मानहरु पाइसकेको छु।अहिलेको सम्मानको व्यवस्था नेपाल सरकारले गरेको निर्णय हो।सरकारले कुनै पनि निर्णय गर्दा गम्भीर ढङ्गले अध्ययन विश्लेषण गरेर नै गरेको हो भन्ने मलाई लाग्छ।यस्ता राष्ट्रिय महत्त्व र ओझ गरिमा बोकेका विषय क्षेत्रहरुमा हचुवाको भरमा निर्णय र छ्नोट भएका होइनन् भन्ने मैले बुझेको छु।सम्मानितहरु कुनै न कुनै योगदानकै आधारमा सम्मानयोग्य हुनुभएको छ होला।यसबाट म दुखी हुनुपर्ने कुनै कारण छैन।साथीहरु सम्मानित हुनुभएकोमा खुशी लागेको छ।उहाँहरुलाई तपाईंको यस मिडियाबाट पनि थप बधाई भन्न चाहान्छु।हामीले अझै धेरै काम गर्न बाँकी छ।

मुलुकले संवैधानिक परिपाटीको नवीत्तम अभ्यास गर्दैगरेको सन्दर्भमा म पनि धेरै कुराहरू सिक्ने क्रममै छु।यति हुंदाहुँदै पनि म आवद्ध मेरो पार्टी,मेरा शुभेच्छुक,शुभचिन्तक, मेरो कामलाई नजिकबाट हेर्नेहरुले कामको उच्च मूल्याङ्कन गर्नुभएको छ,मेरा मतदाताहरुले मेरो कार्यशैलीलाई मन पराइदिएर निरन्तर सहयोग, हौसला प्रेरणा दिइरहनु भएको छ। मेरो लागि यो भन्दा ठूलो पुरस्कार र सम्मान अरु के हुन सक्छ ररुलाखौं धनराशिको पुरस्कार पाएको भन्दा बढी सन्तुष्टि पाइरहेकी छु जस्तो लाग्छ आफूलाई।

तपाईंले प्रसङ्ग उठाइहाल्नु भयो।सम्मान पुरस्कारको सवालमा मेरो अलि फरक मत छ।कुनै पनि पदक,पुरस्कार र सम्मान सिण्डिकेटको अनाम दस्ता बन्नु हुँदैन।यसो भयो भने सम्मान कहिँ कतै पुगेर अपमानमा परिणत हुन सक्छ।कुनै बेला छनोट र निर्णय सतही भइदिंदा सम्मानदाता र सम्बन्धित संस्थाको गरिमामाथि ठूल्ठूला नैतिक प्रश्नहरु उठ्ने गर्छन्। यसो हुँदा पदक भन्ने शब्द समेत अफ्ट्यारोमा परिदिन्छ।यस्ता विषयमा सम्बन्धित निकाय सचेत हुन चाहिं जरुरी छ।

५,अन्तमा केही भन्नू छ किरु
अन्तमा बेलबारी नगरपालिकाका गतिविधि र मेरा आफ्ना कुराहरू बाहिर ल्याउने अवसर प्रदान गर्नुभयो त्यसको लागि तपाइँ र तपाईंको मिडियालाई हार्दिक धन्यवाद दिन चाहान्छु।समग्र बेलबारीवासीप्रति सधैं कृतज्ञ छु।सबैलाई हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहान्छु।हाम्रा नगरवासीहरु जसको कारण आज म यो स्थानमा छु।मलाई हिजो आफ्नो जनमत अनि उत्साहसहित यो स्थानमा पुर्याउनु भयो।तपाईं नगरवासीको कारण म अहिले यो ठाउँमा छु।आज काम गर्ने सवालमा समेत तपाईंहरुबाट हर्दम माया,सहयोग,सद्भाव पाइरहेकी छु।र त थप उर्जा मिलिरहेको छ।भोलिको दिनमा पनि यस्तै सहयोग सद्भाव र माया पाइरहुं।
सबैमा धन्यवाद।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.