Websoft University

कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तार हुने


काठमाण्डौ असोज १४ गते । रातो तारा डट कम,काठमाडौं उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ ।

डिभिजन सडक कार्यालय काठमाडौंले गत महिनादेखि सडकका दुबैतर्फको निर्माणस्थल खाली गरिरहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । सडक बनाउन अर्थ मन्त्रालयले बजेटको स्वीकृति दिइसकेको छ । देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको छ । यहाँ भने सडकका संरचना हटिसकेपछि ठेक्का सम्झौता गरिनेछ । 

कोटेश्वरबाट जडिबुटितर्फ लाग्दा देब्रे (उत्तर) तर्फ एक लेन र दाहिने (दक्षिण) तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ । विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो । 

अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकोले घरधनीसँग कुरा भईरहेको र सहमतिमा आएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भईरहेको छ । सो सडक बनाउन केही साता भित्रै ठेक्का सम्झौता हुने प्रमुख नेपालीेले जानकारी दिनुभयो । दशैँ पहिले सम्झौता भए दशैँ–तिहार पछि निर्माण शुरु गर्ने तयारी छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.