Websoft University

ओरेक नेपालद्वारा अति विपन्न गर्ववती तथा सुत्केरी महिलाहरुलाई मनोविमर्श सेवा साथै खाद्यान्न वितरण


शिव भट्टराई,मोरङ असोज १२ गते । रातो तारा डट ककोभिड १९ को विषम परिस्थितिमा -महिला पुनर्स्थापना केन्द्र ओरेक नेपालले विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाहरुलाई मनोविमर्श सेवा साथै खाद्यान्न वितरण गरेको छ ।ओरेक नेपालले अति गरिबीको रेखामुनि रहेका सुत्केरी तथा गर्भवती महिलाहरूमा परेको मनोसामाजिक समस्या न्यूनीकरण गर्न र सुत्केरीलाई पोषणको अभाव हुन नदिने उद्देश्यले  सुन्दरहरैंचा नगरपालिका वडा नं ४ र वडा नं ९ मा मनोविमर्श साथै पोशिलो खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेको हो।


लकडाउनका कारण महिला माथि हुने हिंशा बढेको सन्दर्भमा आरेक नेपालले वडामै आएर सुत्केरी महिलाहरुलाई मनोविमर्श सेवा साथै खाद्यान्न वितरण गरी प्रशंसनीय कार्य गरेको नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ्गले बताइन्।


त्यसैगरी उनले अब नगरपालिकाले आफैं मनोविमर्श केन्द्र स्थापना गर्ने प्रतिबद्धता समेत जनाएकी थिइन्।


यसै क्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले आफ्नो वडामा मनोसामाजिक समस्याका कारण उत्पन्न हुने विभिन्न समस्याको निराकरण गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने भन्दै मनोविमर्श सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेकोमा ओरेक नेपाललाई धन्यवाद दिँदै यस्ता कार्यक्रम वडाले पनि सञ्चालन गर्ने प्रतिक्रिया व्यक्त

गरेका थिए।

उक्त कार्यक्रममा ओरेक जिल्ला परियोजना संयोजक दीपक सेन्चुरीले विषेशगरी कोरोना भाइरसको महामारी र अन्य समयमा पनि महिला हिंसाका घटनाहरू प्रकाशमा नआउँदा धेरै किसिमका जोखिमहरू बढ्ने र न्यायिक प्रक्रियामा जान नसक्ने गर्ववती र सुत्केरी महिलाहरु झन् धेरै जोखिममा रहेकाले मनोविमर्श सेवा मार्फत केही हद सम्म उक्त जोखिमलाई न्यूनीकरण गर्न मदत पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी गर्भवती र सुत्केरी महिलाहरुले परामर्श सेवा साथै पोषिलो खानेकुरा वितरण गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए भने सो कार्यक्रम महिला पुनर्स्थापना केन्द्र ओरेक नेपाल सुन्दरहरैंचाकी सामाजिक कार्यकर्ता शुशिला सुवेदी पाठकले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.