Websoft University

इटहरीका होटलहरुमा अपराधीक क्रियाकलाप हुन नदिने डिएस्पी केसीको चेतावनी


शिव भट्टराई, इटहरी असोज १३ गते । रातो तारा डट कम, पछिल्लो समय होटल व्यवसायमा कस्ता समस्या छन् र प्रहरीले के गर्नुपर्छ भन्ने बिषयमा मंगलबार इटहरीमा होटल व्यवसायी संघले प्रहरी र व्यवसायी बीचको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा सहभागीहरुले इटहरीमा अहिले पनि होटल सञ्चालकहरुले सेटिङमा यौनजन्य गतिविधि गर्ने गरेको कुरा राखे ।


सहभागी अन्य व्यवसायीहरुले इटहरीमा एक घण्टाका लागि रुम माग्न आउने गरेको बताएका थिए ।


तालतलैया पर्यटकीय हिसाबमा अब्बल रहेकाले यहाँ मानिसहरुको भीँडभाड बढी हुने भएकाले भर्खरका युवायुवती आउने गरेको र एक घण्टाका लागि रुम माग्ने गरेको बताए ।

सबै कुराको प्रतिक्रिया दिदैँ ईलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक अजुर्न केसीले सबैले आफ्नो पेशाको मर्यादामा रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छन् ।पेशा व्ययसाय गर्न प्रचलित कानून बमोजिम पाउने भएपनि अपराधिक क्रियाकलाप गर्न नपाउने उनले बताए ।

इटहरीका होटलमा महिलासँग सम्बन्धित अपराध बढीरहेकोछ । मैले आँफैले चेक गरेको रजिस्ट्रारमा धेरै समस्या छ,’ डीएसपी केसीले भने, ‘इटहरीमा यौन व्यवसाय गर्ने प्रत्येक मानिसलाई होटल सञ्चालकले चिनेका छन् ।’ केसीले होटल व्यवसायीहरुले थाहा नपाएर घटना भएको नभई थाहा पाएर पनि आँखा चिम्लिएका कारण अपराधिक क्रियाकलाप हुने गरेको बताए ।

कानूनले नगर् भनेका कुरा होटल सञ्चालकहरुले गरेको पाईएमा आँफूहरुले नछाड्ने बताउँदै उनले यौन गतिविधिमा लाग्ने मानिसहरु सक्रिय रहेकाले इटहरीका होटलहरुमा कडाई गरिने चेतावनी दिए ।कोही मानिस अन्डरएजका बच्चा लिएर होटलमा आएमा तत्काल प्रहरीलाई खबर गर्नुपर्ने र अहिले होटलमा राखिएका सिसिटिभी देखाउने दाँत जस्तो मात्रै भएको उनले बताएका छन्।

कार्यक्रममा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले उवासंघ व्यवसायीको हकहितमै रहेको भएपनि यहाँका होटलमा पटक–पटक हुने यौनजन्य गतिविधिले गलत छाप रहेको तर्क गरे । उनले होटल सञ्चालकहरु आफ्नै कारणले विवादमा फस्ने गरेको बताउँदै अनैतिक काम नगर्न अपिल गरे ।होटल व्यवसायी संघका अध्यक्ष जीवन पराजुलीले  होटल व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा मर्यादित भएर नियम कानूनको पालना गरी लजमा बस्नु पर्दा अनिवार्य परिचय पत्र साथमा लिएर मात्र प्रवेश गराउनु पर्ने बताएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.