बिराटनगर माघ १९ गते |“बाढी पीडित मा दिदी आउनुभयो,पटक पटक घटना हुदाँ दिदी आउनुहुन्छ, एक कल फोन गर्दा दिदी आउनुहुन्छ । अहिले सम्म अरु को नेता आएका छन ?” सुनसरी क्षेत्र नम्बर ३ बर्जुकी लक्ष्मी बुढाथोकीले भन्नुभयो “आफनो मान्छे आफनै हुन्छ, हामी छातीमा हात राखेर भन्छौ दिदीलाई जसरी पनि जिताएर पठाँउछौ” । चुनाबका बेला आएर ठूल्ठूला आश्वासन दिने तर चुनाब पछि वास्तै नगर्ने भनेर नेताहरुलाई जनताले गुनासो गरिहदा भगबती चौधरीलाई भने गाँउका महिलाले सधैभरी सँगै रहने नेता भनेर यस्तो बिश्वास देखाइरहेका छन ।
भगबती चौधरी दिनरात जनताको लागि खटेको देखेका जनता अरु पार्टी त्यागेर एमालेमा आउने क्रम पनि बढेको छ । सुनसरी बर्जु १ की सिता कुमारी मेहता नेपाली काँग्रेस बाट एमाले प्रबेश गर्नुभयो । जेन्जी उमेर समूहकी मेहता भन्नुहुन्छ “भगबती दिदी सबैका कुरा सुन्नुहुन्छ महिलाका लागि धेरै लडनुभएको छ । उहाँ गरिब बिपन्न बर्गको हितका लागि गरेका कामले मलाई उहाँकै नेतृत्वमा अघि बढन मन लाग्यो ।”
गाँउ गाँउका जनता स्वर्तस्फूर्त यसरी भगबती चौधरीको पक्षमा आकर्षित भइरहदा अनेमसंघले जिताउ अभियाननै थालेको छ ।अघिल्लो चुनाबमा देशमै सबैभन्दा बढि मत ल्याउने उत्कृष्ठ दशमा र महिलामा सबैभन्दा बढि मत ल्याएर जित्ने भगबती चौधरीलाई यस पटक पनि जीताउन अभियान थालिएको अनेमसंघ इटहरी अध्यक्ष रोश्नी राईले बताउनुभयो ।
भगबती चौधरीले हजारौ महिलालाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउनुभएको छ, उहाँलाई जीताउन शहर बजार देखि गाँउ गाँउका महिला लागि पर्ने नेकपा एमाले महाधिबेशन प्रतिनिधि रञ्जु सिग्देलको भनाई छ ।नेकपा एमालेको एघारौ महाधिबेशनमा भगबती चौधरी महिला तर्फ सबैभन्दा बढि २हजार ४४ मत ल्याएर बिजयी हुनुभयो,देशभर उहाँलाई त्यतिबढि बिश्वास छ सुनसरी ३ बाट पूनःजिताएर पठाउछौ महाधिबेशन प्रतिनिधि फरिदा खातुनको भनाई छ । हामीलाई दुःख पर्दा आइपुग्नेनै उहाँनै हो,उहाँलाई नजिताएर कस्लाई जिताउनु ?रञ्जना सरदारले भन्नुभयो । यसैबिच ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इटहरी प्रमुख ब्रम्हकुमारी शारदाले भगवती चौधरीलाई पून ः बिजयको शुभकामना ब्यक्त गर्नुभएको छ ।
यसअघि ०७९को चुनाबमा नेपाली काँग्रेसका नेता बिजय गच्छदारलाई ५हजार १८८ मतले हराएर भगबती चौधरी बिजयी हुनुभएको थियो ।

Post a Comment