Websoft University

सुनसरी ३ का तीनसय बढी जेनजी युवा एमाले प्रवेश


इटहरी | सुनसरी ३ का तीनसय बढी जेनजी युवा एमाले प्रवेश गरेका    छन । इटहरीमा आयोजित जेनजी सँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा ३सय युवा भगबती चौधरी लाई जिताउने अभियानमा सक्रिय बन्ने जनाउँदै एमाले प्रवेश गरेका हुन । एमाले उम्मेद्वार भगबती चौधरीले जेनजी युवालाई एमालेमा स्वागत गर्नुभयो ।

एमाले सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागि गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष युवा नेता सबिन श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीले देशबिकास गर्न युवामा लगानी जरूरी रहेको बताउनुभयो । 

उहाँले युवालाई देशमै स्वरोजगार बनाउनुपर्ने मा जोड दिनुभयो । सुनसरी ३ का चुनाबी कमाण्डर लिलम बस्नेतले भगबती चौधरीलाई ११ हजार बढी मतान्तरले जिताउने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत निर्बाचनमा नेपाली काँग्रेसका बिजय गच्छदारलाई भगबती चौधरीले ५ हजार १ सय ८८ मतान्तरले जित्नुभएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.