बिराटनगर माघ २९ गते | २०८२ माघ २९ गते | उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत लगायतका प्रतिनिधिहरु र संगठनका पदाधिकारीहरु वीच उद्योग व्यवसाय क्ष्ँेत्रका विविध विषयहरुका वारेमा आज संगठनको सचिवालयमा छलफल भएको छ ।
छलफलमा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले उद्योग व्यवसाय क्ष्ँेत्र वर्तमान समयमा असहज अवस्थाबाट गुज्रिरहेको वताउदै सहज सञ्चालनमा देखिएमा वाधा र अडचनलाइ फुकाउन विभागलाई आफनो तर्फबाट भुमिका निर्वाह गर्न आग्रह गरे । उनले युवाहरुलाई स्वदेशमा वस्ने वातावरण वनाउन स्टार्टअपहरुको विकास र विस्तारमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
विभागका महानिर्देशक जितेन्द्र वस्नेतले सरकारले पर्यटन, एग्रो प्रोसेसिङ, जलविधुत, उत्पादनमूलक उद्योग, सूचना प्रविधि जस्ता क्षेत्रलाई केन्द्रित गरेको वताए । उनले स्टार्टअपहरुलाई सहज रुपले व्यवसायीक विकास गर्न सहयोग पु¥याउन आगामी दिनमा विजनेश इन्क्यूवेशन सर्भिस प्रारम्भ गर्ने योजना रहेको वताए ।
संगठनका उपाध्यक्ष्ँ विपिन कावराले वैंक तथा वित्तिय संस्थामा लगानीका लागि यथेष्ट रकम भएतापनि उद्योगमा लगानी नभईरहेकाले अवका दिनमा लगानी गर्न ईच्छुक व्यावसायीलाई कुनैपनि क्ष्ँेत्रमा सिमित नगरी लगानीका लागि सहज वनाउनु पर्ने धारणा राखे ।
संगठनका कार्यसमिति सदस्य एवं स्टार्टअप तथा विजनेश इन्कुबेशन समितिका संयोजक प्रतिक राउतले युवाहरुलाई उद्यमशिलता तर्फ अभिप्रेरित गर्न औद्यागिक विकासको पूर्ण ईको सिस्टम तयार गर्न सरकारले नीजि क्षेत्रसंग सहकार्य गरेर अघि वढनु पर्ने धारणा राखे ।
कार्यक्रममा विभागका निर्देशक बिष्णुमाया भट्टराई लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Post a Comment