Websoft University

सुन्दरहरैँचामा ‘मातृत्व जोगाउने अभियान' सम्पन्न, ४६९ महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा



सुन्दरहरैँचा - असार १३ गते । महिलाको स्वास्थ्य संरक्षण तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन गरिएको आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम लगाउने सोच संकल्प  मातृत्व जोगाउने अभियान’ सफलतापूर्वक सम्पन्न भएको छ। कल्प इम्पावर वेमेन नेपालको पहल तथा नेपाल बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालित अभियानमा तीन दिनमा ४६९ जना महिलाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

असार ८ देखि १० गतेसम्म सञ्चालन गरिएको अभियानमा पाठेघरको मुखको क्यान्सरको VIA स्क्रिनिङस्तन क्यान्सर परीक्षणअल्ट्रा सोनोग्राफी (USG) सेवा तथा स्त्रीरोगसम्बन्धी परामर्श उपलब्ध गराइएको थियो। प्राविधिक साझेदारका रूपमा विराट क्यान्सर इन्स्टिच्युटले सेवा प्रदान गरेको थियो।

अभियान सञ्चालनअघि जेठ २० गते नेपाल बैंक लिमिटेडसँग CSR सहकार्य सम्पन्न गरिएको थियो। त्यसपछि अभियानलाई प्रभावकारी बनाउन विभिन्न चरणमा प्रचार-प्रसारभिडियो सन्देश सार्वजनिकस्थानीय तहसँग समन्वयविद्यालयस्तरीय स्वास्थ्य सचेतना कार्यक्रम तथा समुदायमा पम्पलेट वितरणलगायतका गतिविधि सञ्चालन गरिएको थियो।

असार ८ गते सुन्दरहरैँचा नगरपालिका-२ स्थित आधारभूत स्वास्थ्य केन्द्रमृगौलियामा आयोजित उद्घाटन समारोहको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले गर्नुभएको थियो। कार्यक्रममा कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले महिलाको स्वास्थ्यमा पहुँच विस्तार गर्ने उद्देश्यले समुदायमै पुगेर सेवा सञ्चालन गरिएको बताउनुभयो। उहाँले प्रारम्भिक परीक्षणमार्फत क्यान्सरको समयमै पहिचान सम्भव हुने भएकाले यस्ता अभियानको निरन्तरता आवश्यक रहेको उल्लेख गर्नुभयो।

स्वास्थ्य मन्त्री लिम्बुले सरकारी निकायनिजी क्षेत्र र सामाजिक संस्थाबीचको सहकार्यबाट समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न सकिने बताउँदै यस्ता अभियानले स्वास्थ्य चेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो।

नेपाल बैंक लिमिटेडका प्रबन्धक मदन कृष्ण सैजुले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्यक्ष सामाजिक प्रभाव पार्ने कार्यक्रमलाई बैंकले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै महिला स्वास्थ्यसँग जोडिएको अभियानमा सहकार्य गर्न पाउँदा गर्व लागेको बताउनुभयो।

सुन्दरहरैँचा-२ का वडा अध्यक्ष विविश प्रधानले महिलाहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

अभियानअन्तर्गत पहिलो दिन वडा नं. २ स्थित आधारभूत स्वास्थ्य केन्द्रमृगौलियामा १३१ जनादोस्रो दिन सोही स्थानमा १३८ जना तथा तेस्रो दिन वडा नं. १२ स्थित आधारभूत स्वास्थ्य केन्द्रइन्द्रपुरमा २०० जना गरी कुल ४६९ जना महिलाले स्वास्थ्य परीक्षण सेवा लिएका थिए।

स्वास्थ्य परीक्षणका क्रममा चार जनामा क्यान्सरको शंका देखिएपछि थप परीक्षण तथा उपचारका लागि विराट क्यान्सर इन्स्टिच्युटमा रिफर गरिएको छ। रिफर गरिएका सेवाग्राहीलाई उपचारमा १५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।

अभियानको समापन समारोह असार १० गते वडा नं. १२ स्थित आधारभूत स्वास्थ्य केन्द्रको सभाहलमा सम्पन्न भएको थियो। समारोहमा नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख प्रकाश पहारीविराट क्यान्सर इन्स्टिच्युटका वरिष्ठ जनसम्पर्क अधिकृत इश्वर गुरुङनेपाल बैंक लिमिटेड विराटचोक शाखाका प्रमुख संजय साहुस्थानीय जनप्रतिनिधिस्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

समापन समारोहमा बोल्दै कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले ३०० महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखिएकोमा ४६९ जनासम्म सेवा पुर्‍याउन सफल भएको बताउँदै यसलाई अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको थियो। उहाँले आगामी दिनमा पनि समुदायमा आधारित यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख प्रकाश पहारीले सामाजिक उत्तरदायित्वमार्फत समुदायको स्वास्थ्य सुधारमा योगदान गर्न पाउँदा संस्थागत रूपमा खुशी लागेको बताउनुभयो। विराट क्यान्सर इन्स्टिच्युटका वरिष्ठ जनसम्पर्क अधिकृत इश्वर गुरुङले प्रारम्भिक चरणमै रोग पहिचान हुँदा उपचारको सम्भावना बढ्ने भएकाले समुदायमै पुगेर सञ्चालन गरिने यस्ता स्वास्थ्य शिविर प्रभावकारी हुने उल्लेख गर्नुभयो।

वडा नं. १२ का वडा अध्यक्ष रोशन प्रसाद ढकालले स्थानीय तहबैंकिङ क्षेत्रस्वास्थ्य संस्था र सामाजिक संस्थाबीचको सहकार्यले समुदायमा ठोस परिणाम दिन सक्ने उदाहरणका रूपमा यस अभियानलाई लिनुपर्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई वडा कार्यालयबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

अभियानमा विराट क्यान्सर इन्स्टिच्युट प्राविधिक साझेदारवाउ म्यागजिन मिडिया साझेदारकेन्जल फिल्म्स तथा आर्भन इडिट भिडियो साझेदार र क्रिएटिक्स पार्टनर ग्राफिक्स साझेदारका रूपमा रहेका थिए। सुन्दरहरैँचा नगरपालिका वडा नं. २ र १२आधारभूत स्वास्थ्य केन्द्रइन्द्रपुर जेसिस तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजले स्थानीय सहकार्य गरेका थिए।

पहलकर्ता पुजा कोइरलाका  अनुसार यस अभियानले महिलाहरूमा पाठेघरको मुखको क्यान्सरस्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै समुदायमै गुणस्तरीय स्वास्थ्य सेवा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.