विराटनगर २०८३ असार २ गते । कोशी प्रदेशमा पर्यटकहरूको सुरक्षा, संरक्षण र सहजीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटगरले ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिम संचालन गरेको छ । असार ०२ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रहरी वरिष्ट उपरीक्षक योगेन्द्र सिंह थापाको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्घाटन भएको हो । तालिम समुद्घाटन कार्यक्रमलाई सम्बोधनको क्रममा प्रहरी वरिष्ट उपरीक्षक योगेन्द्र सिंह थापाले नेपाल प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विविधताले सम्पन्न भएको कारण भ्रमणको लागी आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षा, संरक्षण, सहजीकरण र सकारात्मक अनुभव सुनिश्चित गर्ने कार्यमा पर्यटक प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहने भएकोले पर्यटकप्रति मैत्रीपूर्ण व्यवहार, सहजिकरण गर्नको निम्ति प्रहरीलाई आधारभूत ज्ञान तथा व्यावसायिक सेवाको विकास गर्ने उद्देश्यले पर्यटक प्रहरी अनुशिक्षण तालिम उपलव्ध गराईएको बताउनु भयो ।
वहाँले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई उत्साहपूर्वक एवं पूर्ण अभिरूचिका साथ सहभागि तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन समेत दिनु भयो ।
तालिम समुद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्ण कुमार न्यौपानेले आर्थिक वर्ष २०८३र०८४ लाई पर्यटन वर्षका रूपमा मनाउने प्रदेश सरकारको लक्ष्य अनुरूप पर्यटक प्रहरीको क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गरी कोशी प्रदेशका पर्यटन गन्तव्यहरूको सुरक्षा, संरक्षण तथा पर्यटक मैत्री वातावरणको प्रवर्द्धन गर्न तालिम संचालन गरिएको बताउनु भयो ।
उक्त अनुशिक्षण तालिममा जुनियर प्रहरी अधिकृत सहित ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

Post a Comment