बिराटनगर । उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलाशले आज असार ५ गते शुक्रबार कोशी प्रदेश सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कोशी प्रदेश कार्यालयको तर्फबाट प्रदेश संयोजक मनोहरकुमार पोखरेलद्वारा दायर उत्प्रेषण परमादेश रिटमा प्रतिवादीहरु मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कोशी प्रदेश सरकार विराटनगर, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर र कोशी प्रदेश बाल अधिकार समितिलाई कारण देखाउ आदेश जारी भएको हो ।

Post a Comment