काठमाण्डैा । हिजो एकअर्कालाई सिध्याउन हिँडेका र तिक्ततापूर्ण सम्बन्धमा रहेका शीर्ष कम्युनिस्ट नेताहरू ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल अचानक एउटै मञ्चमा उभिएर वाम एकताडको अलाप जप्नु संयोग होइन। यो वैचारिक एकता हुँदै होइन, यो त भोलि भ्रष्टाचारका फाइल खुल्दा कारबाहीबाट जोगिन रचिएको आफैंलाई बचाउ अभियान मात्र हो।
नेताहरूको मानसिकता गुमे पनि नेपाली जनताको गुमेको छैन। आफ्ना कर्तुतहरू लुकाउन र अख्तियारको डण्डाबाट बच्न जस्तोसुकै दुश्मनी भुलेर रातारात घाँटी जोड्ने ठूला नेताहरूको यो स्वार्थको गठबन्धनलाई जनताले अहिले राम्ररी बुझेका छन्।
भ्रष्टाचारको आरोप लाग्ने डरले अत्तालिएर गरिने यस्तो खोक्रो एकताले देशलाई निकास दिँदैन। अब देशलाई अपराधी जोगाउने गठबन्धन होइन, निर्मम सुशासन चाहिएको छ । भनेर आजकेा कान्तिपुरमा डा, राजिव झा ले लेख्नुभएकेाछ । २०८३/३/१५,

Post a Comment