Websoft University

विराट गोल्डकप फुटबल खेल आजबाट सुरु हुदै


विराटनगर,चैत १७ गते । रातो तारा डट कम,
विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ सस्करण आजदेखि विराटनगरको शहिद मैदानमा शूरु हुने भएको छ । विराट गोल्डकपको आज हुने उद्घाटन खेल आयोजक रिजालको मोरङ ११ र भुटानको थिम्पु क्लबबीच प्रत्स्पिर्धा हुने छ ।

मोफसलमा पहिलो पटक आयोजना गरिने दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता प्रत्येक दिन वेलुका ६ बजेदेखि शूर गरिने आयोजक सिमितीका अध्यक्ष नविन रिजालले जानकारी दिए । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रतियोगिताको उद्धघाटन गर्ने भएका छ ।

उद्धघाटन अघि १२ वर्ष मुनीका ५० खेलाडीसंग सिनियर खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्ने गोल्डकप अध्यक्ष रिजालले जानकारी दिए । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा नेपालको ८ वटा ए डिभिजन क्लबसँगै भुटान र भारतको दुई वटा टोली गरी कुल १० टोलीले प्रतिस्पर्धा गर्दैछन्।प्रतियोगितामा विदेशी पाहुना टिमका रुपमा भारतको मोहम्डन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लबले सहभागिता जनाउने छन् ।

अध्यक्ष रिजालका अनुसार नेपालका तीन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरी वल सहित मनाङ मस्र्याङदी, संकटा, थ्री स्टार, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर आठवटा टिम छन् । २०७२ सालको डिफेन्डीङ च्याम्पियन नेपाल पुलिस क्बल हो ।

‘मोफसलमा पहिलो पटक भिन्न तरिकाले रात्रिकालीन फुटबल आयोजना गरिंदै छ,’ रिजालले भने, ‘यसका लागि सबै तयारी पूरा भइसकेको छ ।’ उनका अनुसार रात्रिकालीन समयमा फ्रडलाइटमा खेल खेलाएर गोल्डकपलाई निरन्तरता दिन लागिएको हो ।

‘विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस भनेर डे–नाइट खेल आयोजनाको जमर्को गरिएको हो,’ रिजालले भने, ‘दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबल प्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, स्थानीयलाई विदेशी खेलाडीसंग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यवसायिक रुप प्रदान गर्ने र विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने प्रतियोगिताको मुख्य उदेश्य छ ।’

गोल्डकपका लागि विराटनगरको शहिद रंगशालामा ३६ हजार वाट क्षमताको फ्रडलाइट जडान गरिएको हो । ३५ लाख रुपैयाँ खर्च गरेर ६ वटा फ्रडलाइट जडान गरिएको छ । महिला दर्शकलाई फुटबल हेर्नका लागि छुट्टै प्यापिटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पूरै खेल हेर्ने दर्शकलाई लक्षित गरेर लागि आयोजकले सिजनल टिकटको व्यवस्था समेत गरेको छ । सिजनल टिकटको मूल्य एक हजार पाँच सय रुपैयाँ राखिएको छ । ‘यो टिकट एक पटक काटेपछि पूरै खेल हेर्न पाइने छ,’ अध्यक्ष रिजालले भने, । उनले सिजनल टिकट दैनिक रुपमा काट्नु पर्ने टिकट भन्दा सस्तो भएकाले पनि दर्शक यो टिकटतर्फ आकर्षित भएको जानकारी दिए ।

गोल्ड कप विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालित सो प्रतियोगिता २०६८ देखि विराट गोल्डकपका नाममा सञ्चालन हुँदै आएको छ । गणतन्त्र स्थापना भएसँगै नाम परिवर्तन गरेर महेन्द्र गोल्डकपबाट विराट गोल्डकप बनाइएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.