Websoft University

प्रेस विज्ञप्ती--च्यासल युथ क्लबले फुटबल खेलमा आफ्नो पकट जमाउदै अगि बड्यो

 


काठमाडौ । रातो तारा डट कम, फुटबललाई माया गर्ने युवाहरुले २०३७ सालमा स्थापना गरेको सामुदायिक क्लब हो, च्यासल युथ क्लब । आफ्नो स्थापना कालदेखी नै च्यासल युथ क्लबले नेपाली फुटबलमा सक्रिय सहभागिता जनाउदै आएको छ । २०६४ सालमा शहीद स्मारक ‘सी’ डिभिजन लिगमा छनोट भएको च्यासल युथ २०६६ सालमा ‘बी’ डिभिजन लिगमा उक्लिएको थियो । २०७३ सालमा ‘बी’ डिभिजन लिगको विजेता बन्दै च्यालस युथ क्लब ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । 

ललितपुरको च्यासल युथ क्लबले ‘ए’ डिभिजन लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । क्लबले आगामी सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अन्तर्राष्ट्रिय खेलकुद सामाग्री उत्पादक कम्पनी ‘यूक्यान’सँग ‘किट’ प्रयोजक सम्झैता गरेको छ । क्लबले आजै प्राविधिक निर्देशक ली मान्सन र नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनसँग पनि अनुबन्ध सम्झैता सम्पन्न गरेको छ । 

प्रायोजन सम्झैता पत्रमा यूक्यानका तर्फबाट सीटीएल कम्पनी प्रालीका प्रबन्ध निर्देशक राजेन महर्जन र च्यासल युथ क्लबका तर्फबाट अध्यक्ष रमेश बेञ्जनकारले हस्ताक्षर गर्नु भएको छ । सम्झैताअनुसार सीटीएलले क्लबलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउनेछ । त्यस्तै च्यासल युथ क्लबले सिजनभर यूक्यान ब्रान्डको सामाग्री प्रयोग गर्नेछ । 

यूक्यान :- यूक्यान खेलकुद सामाग्री उत्पादन गर्ने चीनको अन्तर्राष्ट्रिय कम्पनी हो । यस कम्पनीले पछिल्लो ३० वर्षदेखी खेलकुद सामाग्री उत्पादन गर्दै आएको छ । नेपालमा यूक्यान ब्रान्डको आधिकारिक विक्रेता सीटीएल कम्पनी प्राइभेट लिमिटेड रहेको छ । सीटीएल ‘ली–नीङ’ ब्रान्डको समेत नेपालमा आधिकारिक विक्रेता हो । यूक्यानले अष्ट्रेलियाको एडलेइड युनाइटेड क्लबलाई पनि प्रायोजन गरेको छ । 

विराज महर्जन, खेलाडी: -  अखिल नेपाल फुलटबल संघ (एन्फा) एकेडेमीका उत्पादन विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट ७३ खेल खेलिसकेका छन् । २००८ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट विराजले नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् । विराजले नेपालका लागि १८ खेलमा कप्तानी गरिसकेका छन् । 

विराजकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं दक्षिण एसियाल खेलकुद (साग) को उपाधि जितेको थियो । त्यस्तै एएफसी सोलिराडिटी कपमा विराजले नै आर्म ब्याण्ड लगाएर टिमको नेतृत्व गरेका थिए । उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । 

विराजले यसअघि संकटा, एनआरटी, मनाङ मर्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका छन् । विराजले मनाङ, थ्री स्टार र मछिन्द्र क्लबबाट लिगको उपाधि जितिसकेका छन् । मनाङ र मछिन्द्रले उपाधि जित्दा विराजले कप्तानी गरेका थिए । 

ली मान्सन, प्राविधिक निर्देशक :- स्कटलल्यान्डका ली मान्सन पछिल्लो २५ वर्षदेखी फुटबल प्रशिक्षणमा सक्रिय छन् । उनी पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए । उनीसँग फिलिपिन्सको पुरुष यु–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए । 

मान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको ग्रेटना र क्विन अफ दी साउथबाट खेलेका थिए । उनले अमेरिकाको रिचमण्ड किकर्सबाट फुटबल खेलेका थिए । 

हाम्रो छोटो समयको जानकारीमा पनि यहाँको गरिमामय उपस्थितिका लागि च्यासल युथ क्लब र मेरो व्यक्तिगत तर्फबाट सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.