Websoft University

उद्योग संगठन मोरङद्धारा औद्योगिक सर्वेक्षण २०७८ को तथ्याकं संकलनप्रारम्भ

 


बिराटनगर असोज  १० गते । रातो तारा डट कम,उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलनको कार्य आज १० असोज, २०७८ बाट प्रारम्भ गरेको छ । तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरि डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण – २०७८ शुरु गरिएको जानकारी दिदै संगठनका अध्यक्ष सुयश प्याकुरेलले “एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने योजना रहेको जानकारी दिए । 

संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरि संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्याकं संकलन गरिने कार्यक्रम रहेको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए । उनका अनुसार उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु लिएर ५ जना गणकहरु तथ्याकं संकलनका लागी सबै उद्योग प्रिितष्ठानहरु पुग्ने छन । संगठनले तथ्याकंको गुणस्तरियतालाई मध्येनजर गर्दै गणकहरुका लागी २ दिनको तालिम समेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरुले मोवाइल एपबाट तथ्याकं संकलन गर्ने छन र यसरी संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइन बाटै मोनिटर गर्न सकिने छ । 

फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसंगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याकं संकलनको काम आश्विन महिना भित्रमा सक्ने र मंसिरको पहिलो साता सम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ । संगठनले तथ्याकं सकंलनका लागी खटि आउने संगठनका प्रतिनिधिहरुलाई आफ्नो उद्योग व्यवसायसंग सम्बन्धीत यथार्थपरक सूचना एवं तथ्याकं उपलब्ध गराई संगठनको औद्योगिक तथ्याकं र डाटाबेस तयार गर्ने यो अभियानमा साथ सहयोग गर्न संगठनका सदस्य उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा हार्दिक अपिल गरेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.