Websoft University

नापी कार्यालय उदयपुरका प्रमुखले चार महिनादेखि करारमा कार्यरत सहायक स्तरका एक कर्मचारीलाई हटाएर आफनो नातेदार नियुक्ती गरे

 


श्याम राई÷उदयपुर  गाईघाट, १४ असोज । रातो तारा डट कम, नापी कार्यालय उदयपुरका प्रमुखले चार महिनादेखि करारमा कार्यरत सहायक स्तरका एक कर्मचारीलाई हटाएर आफनो नातेदार नियुक्ती गरेकाछन् ।

कार्यलय सहयोगी र जंजिर म्यानको रुपमा कार्यरत चन्देश्वर चौधरीलाई हटाएर प्रमुख लालबाबु यादबले आफन्त नाता पर्ने सप्तरीका देवेन्द्र यादबलाई असोज ४ गते करारमा नियुक्ति गरेका हुन । सेवाबाट हटाईएका चौधरीलाई काम गरेको महिनाको पारीश्रमीक समेत दिएको छैन । नापी प्रमुख यादब बैशाख १७ गते सरुवा भएर आएका हुन् । उनी आएपछि अमिनहरुलाई सेवाग्राहीबाट जबरजस्ती रकम उढाउन लगाउने गरेको समेत आरोप लागेको छ ।

सेवाबाट हटाईएका चौधरीले आफू माथि अन्याय भएको बताएकाछन् ।‘ राम्रो काम गर्दा गर्दै मलाई हटाईयो ।’ आफनो मान्छे राख्नको लागि हाकीमले यस्तो गरेका रहेछन् ।’ चौधरीले भने,‘ मैले काम गरेको पारीश्रमीक समेत पाएको छैन ।’ उनले भने

नापी प्रमुख यादबले भने आफ्र हाजिर भएर आएपछि चौधरी लामो समयदेखि कार्यालय उपस्थीती नरहेको देखेपछि करारमा अरुलाई नियुक्ती गरेको बताए ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.