Websoft University

काँग्रेस कार्यकर्ता नेकपा एमाले प्रवेश


 सुनसरी । रातो तारा डट कम,नेपाली काँग्रेसको गढ मानिने सुनसरीको सोनापुर छातावेलीमा एमाले नेतृ भगवती चौधरीले दर्विलो इन्ट्री गर्नुभएको छ । गत चुनावमा नेपाली काँगे्रसका विजय गच्छेदार सँग झिनो ३सय २१ मतले मात्र पराजित चौधरीले दुहवी वडा नम्वर ९ छातावेली वाट मात्र ४सय ७५ काँग्रेस कार्यकर्तालाई नेकपा एमाले प्रवेश गराउनुभएको छ ।

प्रवेश कार्यक्रममा साविक नेपाली काँग्रेसका कार्यकर्ताहरुले अव वडा नम्वर ९ लाई लाल किल्ला वनाएरै छाडने वताएका छन । आफूहरु आश्वासन मात्र नदिने चुनावमा परिणाममा देखाउने भन्दै एमालेको पक्षमा नारावाजीनै गरे । नेकपा एमालेका सचिव तथा प्रदेश नम्वर १ का मुख्यमन्त्री भीम आर्चाय,केन्द्रीय सदस्य भगवति चौधरी,तैयव हुसेन र सोही क्षेत्रका प्रदेश सांसद लिलम वस्नेतले नेपाली काँग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गरेका ४ सय ७५ जनालाई अविर लगाएर एमालेमा स्वागत गर्नुभयो ।

नेपाली काँग्रेसको गढ मानिने दुहवी नगरपालिका ९ नम्वर वडामा पर्ने छातावेलीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै एमाले सचिव आर्चायले विकास र सम्वृद्धिका लागि नेकपा एमालेको विकल्प नरहेको दावी गर्नुभयो । नेता आर्चायले २०४६ साल यता हरेक चुनावमा विजय कुमार गच्छेदारले सो क्षेत्रवाट विजयी भएपनि विकास भने फिटिक्कै नगरेको आरोप वताउनुभयो । उहाँले छातावेलीकै वुथमा धाधली गरेर गच्छेदारले जीतेको आरोप लगाउनुभयो । केन्द्रीय सदस्य भगवति चौधरीले काँग्रेसले लगातार जीत्दै आएपनि गरीव जनताको जीवन स्तर जस्ताको जस्तै रहेको वताउनुभयो । उहाँले जनताको हीत र गाँउको विकासका लागि आफै सदैव तत्पर रहेको वताउनुभयो । कार्यक्रमलाई एमाले केन्द्रीय सदस्य तैयव हुसेन प्रदेश सांसद लिलम वस्नेत,प्रदेश सदस्य रोहित कार्की लगायतले सम्वोधन गर्नुभयो ।  नव प्रवेशीको तर्फवाट वोल्दै स्थानीय मुस्तकिन हुसेन ताजिवले विकास शिक्षा र रोजगारको सपना पूरा गर्न वडालाईनै लालकिल्ला वनाउने वताउनुभयो । उहाँले मन्तब्यकै क्रममा केपी ओली जिन्दावाद,भगवती चौधरी जिन्दावाद भनेर नारा लगाउदा पानी परिरहेका वेला कार्यक्रममा सहभागिहरुले कार्यक्रमलाई जिन्दावादले गुञ्जायमान वनाएका थिए । कार्यक्रममा सहभागि एक सहभागि भन्दैथिए “छातावेलीमा भगवतीको इन्ट्रीनै सानदार भयो,अवको चुनावमा चाँही जित्नुहुन्छ । ”


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.