Websoft University

अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान हुँदै जाने ः मन्त्री साम्सोहाङ

 

विराटनगर, १३ असोज । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताउनु भएको छ । 

प्रदेश सरकारले प्रदेश स्तरिय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ती गरिसकेकाले अव अपाङ्गता संवन्धी सम्पूर्ण काम सो समितिले गर्ने उहाँले बताउनुभयो । भीमा खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेर समितिलाई पूर्णता दिएसँगै अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान हुँदै जाने उहाँले बताउनुभयो । २ वर्षदेखि उपाध्यक्ष नियुक्त हुन नसक्दा समितिले काम गर्न सकिरहेको थिएन । 

प्रदेश सरकारले नीति, कार्यक्रम र बजेट तयार गर्दा अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चिताको माग गर्दै आज मन्त्री साम्सोहाङलाई ध्यानाकर्षण गराउन आएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ समितिको टोली समक्ष उहाँले सो कुरा बताउनु भएको हो । 

अपाङ महासंघको टोलीले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण हुनुपर्ने, आवस्यक सहायक सामाग्रीको व्यवस्था हुनुपर्ने, दोभाषेको नियुक्ती हुनुपर्ने लगायतका ५ बुँदे माग मन्त्री साम्सोहाङलाई बुझाएको थियो । प्रदेश स्तरका ऐन, कानुन, नीति, निर्देशीका र कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु राज्यको नीति अनुरुप समावेशीकरण गराउन र संघीय स्तरमा बनेका ऐन, कानुन, नीति, निर्देशीका र कार्यक्रमको कार्यन्वयनका लागि सकारात्मक दवाव दिने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघले जनवकालत कार्यक्रमको अभियान अगाडी सारिएको महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत सरोज नेपालीले बताउनुभयो । मन्त्री साम्सोहाङँले महासंघले राखेका माग प्रति आफु सकारात्मक रहेको बताउनुभयो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.