Websoft University

बालविकासमा आवद्ध शिक्षकहरू आन्दोलित हुदै,


काठमाण्डौ असोज १४ गते । रातो तारा डट कम, नुवाकोटका बालविकासमा आवद्ध शिक्षकहरू आन्दोलित भएका छन् । विद्यालयका कर्मचारी तथा बालविकास शिक्षकहरूले सरकारी नियम अनुसार सेवा सुविधा हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।  कर्मचारी र शिक्षकहरूले विदुर नगरपालिकाको कार्यालयमा पुगेर नगरपालिकाका प्रमुख सञ्जु पण्डितलाई राज्यले तोकेको पारिश्रमिक दिनुपर्ने माग गर्दे ज्ञापनपत्र बुझाएका हुन् ।

 उनीहरुले चालु आर्थिक वर्ष २०७८ को बजेटबाट पारित भएको सामुदायिक विद्यालयमा कार्यरत न्युन पारिश्रमिक भएका विद्यालय कर्मचारी तथा बालविकास सहयोगीको तलव भत्ता थप हुनुपर्ने माग गर्दै आन्दोलित भएका हुन् । उनीहरूले स्थानीय तहबाट थप्नुपर्ने ७ हजार रुपैयाँ थप गर्ने निर्णय कार्यान्वयन गर्न माग गरेका छन् । विद्यालयका कर्मचारी र बालविकासका सहयोगीहरूको कम्तिमा न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ कायम गर्ने सरकारले बजेट मार्फत घोषणा गरेको थियो ।

 जसमा सङ्घ सरकारका तर्फबाट ८ हजार र स्थानिय तहबाट ७ हजार रुपँैया थप गरी १५ हजार रुपैँया तलब भत्ता बनाउने निर्णय गरेको हो । सो आदेशको कार्यान्वयन गर्न विदुर नगरपालिका भित्रका शिक्षक कर्मचारीले नगरपालिकासँग माग गरेका छन् । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षक तथा कर्मचारीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै छिट्टै समस्या समाधान गर्ने बताउनुभएको छ । रेडियो भैरवी,



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.