Websoft University

नेपालले ओमानविरुद्ध कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्ने


काठमाण्डौ असोज १० गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । 

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ । 

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २७ मा खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.