Websoft University

लिम्चुङ्गबुङ गाउँपालिकाले जनतालाई सेवा दिने उदेश्यले सार्वजनिक यातायात सेवा संचालन गर्ने


श्याम राई÷उदयपुर  गाईघाट, । रातो तारा डट कम, उदयपुरको पहाडी भेगको लिम्चुङ्गबुङ गाउँपालिकाले जनतालाई सेवा दिने उदेश्यले सार्वजनिक यातायात सेवा संचालन गर्न लागेको छ । तिन वर्ष अघि बस खरिद गर्ने निर्णय गरेसँगै पाँच महिना अघि ३२ लाख रुपैयामा किनेको बसले अबको एकसाता देखि सेवा सुचारु गर्ने गाउँपालिकाका लेखा अधिकृत तारा किरण राईले बताए ।

‘ कोरोना संक्रमणको कारण संचालनमा ढिलाई भयो । रुट परमिट लिने प्रकृया शुरु गरेका छौ । अब सोमबारदेखि लिम्चुङ्गबुङ्गदेखि गाईघाटसम्म नियमित बस सेवा संचालन हुन्छ ।’ उनले भने ।‘ जनताको यातायात नाम दिएको बस सेवा संचालनमा आएपछि जेष्ठ नागरीक र पूर्ण अपाङ्गता भएका गाउँपालिकाका नागरीकलाई निशुल्क सेवा उपलब्ध गराईने गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए । जनतालाई यातायात सेवाको पूर्ण लाभ पुग्ने उदेश्यले तिन वर्ष अधिनै गाउँपालिका आफैले बस सेवा संचालन गर्ने निर्णय गरिएको उनले भने । विभिन्न कारणले समयमा नै यातायात सेवा संचालन गर्न नसकिए पनि अब भने संचालनमा आउने उनले बताए । उनले विद्यार्थीहरु र सामान्य अपाङ्गता भएकाहरुलाई पनि यात्रा गर्दा बस भाडामा सहुलियत दिने बताए ।

अन्य यातायात सेवाले लिदै आएको भाडादर भन्दा जनताको यातायात सेवाले सस्तो भाडामा आफनो पलिकाको बासिन्दालाई सेवा सुविधा दिने तयारी भैरहेको कर्मचारी ज्ञानेन्द्र राईले बताए ।

जन प्रतिनिधिहरुलाई सवारी साधन खरिद गर्नु गाउँ सभालेले छुट्टाएको ५७ लाख ७१ हजार रकमबाट बस किनिएको हो । बस संचालनको लागि चालक र सह–चालक नियुक्ती गरिएको छ । भने सोमबार गाईघाटस्थीत प्रसिद्ध चुरे मंदिरमा सवारी साधनको पूजा गरिएको छ ।

गाउँपालिकाले आफनो क्षेत्र भित्र बाटो घाटो निर्माणको लागि भन्दै पहिलो वर्षमै १ करोड १२ लाखमा स्काभेटर खरिद गरेको थियो ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.