उक्त सुनुवाई कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले सबैको सहकार्य भएपछि कार्यक्रम सफल हुने बताउँदै उप आयोजनाको लागि वार्डको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताएका छन्। त्यसैगरी कार्यक्रमका सभाध्यक्ष उप आयोजना प्रमुख थिर प्रसाद कट्टेलले बाख्रा पालन उप आयोजना सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष बुधराज कट्टेलले स्वागत मन्तव्य राखेका थिए।
यस उप आयोजना नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रिकृत आयोजना, सहयोग इकाई, बिराटनगरको ५० प्रतिशत पुरक अनुदान, राष्ट्रिय सहकारी बैंक विराटचोकको ३० प्रतिशत ऋण लगानी र सोही संस्थाको २० प्रतिशत लगानिमा सम्पन्न हुने गरी सञ्चालन गर्न लागिएको वृद्ध गंगा समृद्धि बहुउद्देश्य सहकारी संस्थाका उपाध्यक्ष सूर्य प्रसाद कट्टेलले बताएका छन्।
कार्यक्रमममा विशेष अतिथि सुन्दरहरैंचाका निमित्त प्रमुख प्रशासकिय अधिकृत साथै पशुपंछी शाखा प्रमुख जीवन चापागाईंले प्रतिवेदनमा उल्लेख गरिएका प्रतिबद्धतालाई कागजी प्रतिबद्धता मात्र नभएर व्यवहारीक प्रतिबद्धतामा उतार्नु पर्ने धारणा राख्दै कार्यक्रम सफतापूर्वक सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट सक्ने सहयोग गर्न तयार रहेको बताएका थिए।
सञ्चालन गर्न लागिएको बाख्रा पालन उप आयोजनाको लागत ७८,४२,५०० रहेको छ भने स्थानिय उन्नत जातका ११० वटा बाख्रा र बोयर जातका ८७ प्रतिशतका ५ वटा बोकाबाट यस उप आयोजनाको शुरुवात गरिने भएको छ।
उक्त उपआयोजनाको लागि व्यवस्थित गरी भौतिक संरचना निर्माण गर्न र सञ्चालन गर्न वृद्धगंगा समृद्धि बहुउद्देश्य सहकारी संस्थाले ५ जना सदस्यीय बाख्रा पालन उपसमिति गठन गरेको छ जसको संयोजकमा थिर प्रसाद कट्टेल, सदस्यमा सूर्य प्रसाद कट्टेल, टिका राम दाहाल, गणपति बास्तोला र टेक प्रसाद बाँस्तोला रहेका छन्।
सुन्दरहरैंचा ४ स्थित वडरामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस वार्ड सभापति कैलाश बस्नेत,नेकपा माओवादी वार्ड कमिटी अध्यक्ष सिता राम सापकोटा लगायतले उपआयोजना को विषयमा आफ्नो विचार राखेका थिए भने वृद्ध गंगा समृद्धि बहुउद्देश्य सहकारी संस्थाका प्रबन्ध निर्देशक देवी प्रसाद खड्काले कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment