Websoft University

दोस्रो चरणको निर्वाचन मतगणनाका जारी परिणामहरु आउदै



मोहन कुमार राई- संखुवासभा,असार १६ गते । रातो तारा डट कम-संखुवासभाको चैनपुर नगरपालिका को निर्वाचन मतगणना जारी भएको छ ।

नगरपालिकाको वडा नं १, २ र ११  को मत गणना सम्पन्न भइसकेको छ । अहिले सम्मको गणनाको मत परिणम अनुसार नेपाली काँग्रेसका मेयर शंकरमान कँडेलले १ हजार ९ सय ३  मत, एमालेका भरत कुमार खत्रीले १ हजार ९ सय १२ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा नेपाली काँग्रेसका अञ्जना लिंथेपले १ हजार ८ सय ४३ मत, एमालेका मुना श्रेष्ठले १ हजार ८ सय २९ मत प्राप्त गर्नुभएको छ ।

मतगणनाको परिणम अनुसार नेपाली काँग्रेस र एमाले वीच तिव्र प्रतिस्पर्धा रहेको देखिन्छ ।
यसै गरी मत गणन सम्पन्न भइसकेका १ नं. मा वडा अध्यक्ष सहितका प्यानल नेपाली काँग्रेसले विजयी गरेको छ भने वडा नं. २ मा प्यानल सहित नेकपा एमालेले विजयी गरेको छ । त्यसैगरी वडा नंं ११ मा मिश्रित परिणाम आएको छ । वडाध्यक्षमा एमालेका धर्मराज चौहान ४ सय २ मत प्राप्त गरी विजयी भएका हुन ।

अहिले  वडा नं.३,९ र १० को मतगणना कार्य भइरहेको समेत निर्वाचन अधिकृत मेघनाथ पाध्यले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.