Websoft University

बृद्धलाई घरमै डाक्टरी सेवा र बृद्ध भत्ता दिन सुरु

काठमाडौं,असार १६ गते । रातो तारा डट कम,काठमाडौं महानगरपालिकाले ८८ वर्ष उमेर पुगेका बृद्धलाई घरमै बृद्धभत्ता उपलब्ध गराउने कार्यको सुरुवात गरेको छ । मेयर बिद्यासुन्दर शाक्यल र उपमेयर हरिप्रभा खड्गीले वडा नं १ नक्साल क्षेत्रबाट यस्तो भत्ता बाँड्न सुरु गरेका हुन् ।

साथै घरघरमा बृद्धहरुको स्वास्थ्य जाच गर्ने अभियान समेत उनले सुरु गरेका छन् । बिहीबार प्रमुख, उपप्रमुख र वडाध्यक्ष स्वास्थ्यकर्मीको टोलीसहित ८८ बर्ष उमेर पूरा भएका नागरिकको घरमा पुगेर स्वास्थ्य जाँच गर्दै बृद्धभत्ता वितरण गरेको छ ।

यो कार्यको सुरुवातको क्रममा मेयर शाक्यले १९८१ साल साउन १ गते जन्मिएका वडा नं १ का भेषमञ्जरी पोख्रेललाई मेयरले बृद्ध भत्ता उपलब्ध गराएका छन् ।

शाक्यले बिहिबिार नागरिकको घरमा जाने डाक्टरलाई मेडिकल उपकरणसहितको झोला, विरामी चेक जाँचको पूर्जा समेत उपलब्ध गराएका छन् ।

महानगर क्षेत्रमा भएका ८८ बर्ष उमेर पूरा भएका ५ सय ९६ व्यक्तिको घरमै गएर स्वास्थ्य जाचको टोलिले परीक्षण गर्नेछ । स्वास्थ्य जाँचका लागि दैनिक ३२ जना स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।

यो अभियानमा पहिलो पटक सम्पूर्ण जेष्ठ नागरिकहरुको आधारभूत स्वास्थ्य अवस्था तथ्यांक संकलन गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यसरी घरमा जाने टोलीमा डक्टर १ जना, स्टाफ नर्स, एएनएम ९अनमि०र एएचडव्लु ९अहेव० १र१ जना रहनेछन् । उनीहरुले विरामी भए पनि वा नभए पनि जेष्ठ नागरिकको रक्तचाप, अक्सिजनको मात्रासँगै आधारभूत स्वास्थ्य जाँच गर्नेछन् ।

शाक्यले भने ‘कुनै पनि कारणले यो अभियान रोकिँदैन । अभियानमा लक्षित नागरिक कोही पनि छुट्नु हुन्न । यसकालागि चनाखो भएर, इमान्दारिताकासाथ काम गर्नु
पर्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.