Websoft University

केराबारी गाउँपालिकामा खाता खोल्यो,वडा नम्बर १ मा प्यानलै विजयी


मोरङ-केराबारी  असार १६ गते । रातो तारा डट कम-मोरङको केराबारी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

वडा नम्बर १ को अन्तिम मतगणना अनुसार
नेपाली कांग्रेसले वडाध्यक्ष सहित पुरै प्यानल
विजयी भएको हो ।

वडाध्यक्षमा नेपाली कांग्रेसका वडाध्यक्षले ४सय ८३
मत प्राप्त गरी१५६ मतको फराकिलो अन्तरले विजयी भएका
छन् । त्यसैगरी महिला सदस्य ४८० ,दलित
महिला सदस्य४८४, सिंगल चिन्ह भएको खुल्ला
सदस्य ४७६ र डवल चिन्ह भएका खुल्ला सदस्य
४८४ मत ल्याएर विजयी भएको छन् ।

उनीहरुलाई विजयी घोषणा गर्न बाकि रहेको निर्वाचन
आयोगले जनाएको छ । रातभर मत गणना गर्दा
निर्वाचन आयोगमा खटिएका कर्मचारी तथा
प्रतिनीधिहरु थकित भएका कारण विजयी
घोषणा गर्न बाकि रहेको निर्वाचन आयोगले
जनाएको छ ।

मेयर उपमेयरमा कांग्रेसको अग्रता
यसैविच वडा नम्बर १ मा नेपाली कांग्रेसले १७४
मतले अग्रता लिएको छ । गाउपालिका
प्रमुखमा नेपाली कांग्रेसका रोहित कार्कीले
५०१ मत उपाध्यक्षमा ४८५ मत सहित अग्रता
लिएका छन् ।

त्यसैगरी एमालेका नविन थापा
मगरले ३२७ उपाध्यक्ष शान्ति लिम्बूले ३३१ मत
प्राप्त गरेका छन् भने माओवादीका हस्तवहादुर
लिम्बू १५२ र उपाध्यक्ष मनमाया बजगाई १६१
मत सहित तेश्रो पोजिसनमा रहेको छ । जम्मा
मतदाता १२सय ६१ रहेको वडा नम्बर १मा १००१
मत खसेको थियो ।

मत गणना सुस्त
यसैविच निर्वाचन आयोगमा आवश्यक
कर्मचारी नहुदा मत गणनामा ढिलाई भएको
भन्दै सर्मथक तथा शुभेच्छुकहरुले गुुनासो व्यक्त  गर्न
थालेका छन् ।

एउटा मात्र टोली बनाएर मत
गणना गर्दा १८ घण्टा वढी समय लागेपछि मत
गणनामा खटिएका प्रतिनीधिहरु समेत थकित
भएका छन् । एउटा पाटीबाट २ दुइ जना
प्रतिनीधि मत गणनास्थलमा खटिएका छन् ।
                साभार  केराबारी डटकम

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.