Websoft University

तेह्रथुममा काँग्रेसको अग्रता, ८ वटा वडामा काँग्रेस विजयी



अमृत बास्तोला- तेह्रथुम असार १६, गते ।
तेह्रथुमको ताजा मत परिणाम अनुसार नेपाली काँग्रेसले ८ वटा वडामा विजयी भएको छ । एमालेले ३ वटा वडामा मात्र विजयी हासिल गरेको छ भने, स्वतन्त्र प्यानल १ स्थानको वडामा विजयी भएको छ ।

अाठराई गाँपालिकामा काँग्रेस १५८० मत प्राप्त गर्दा एमाले १५८५ मत पाएको छ । अाठराई गाउँपालिका वडा नम्बर २ काँग्रेस विजय, २ र ३ मा एमाले विजयी भएको छ ।
फेदाप गाउँपालिकामा काँग्रेस ५८३ मत प्राप्त गर्दा  एमालेको ५९५ मत अाएको छ।

मेन्छायेयम गाउँपालिकामा काँग्रेस ७७९ मत ल्याउदा  एमलेले ४४४ मत मात्र ल्याएको छ, भने माअोवादी केन्द्रले १०३प्राप्त गरेको छ । मेन्छायेम गाउँपालिका वडा नम्बर १, २ र ३ मा काँग्रेस विजयी भएको छ ।

म्याङ्लुङ नगरपालिकामा काँग्रेसले ८३४ मत प्राप्त गर्दा , एमालेले ९४० मत ल्याएको छ । म्याङ्लुङ नगरपालिका वडा १ मा काँग्रेसको प्यानल विजयी भएको छ । लाली गुराँस नगरपालिकामा काँग्रेसले १३१७ मत प्राप्त गर्दा , एमालेले ७०३ ल्याएको छ भने, माअोवादी केन्द्रको १६४ मत अाएको छ ।

लालिगुराँस नगरपालिका वडा नम्बर १ मा एमाले, २ र ३ मा काँग्रेस विजय भएको छ । छधर गाउँपालिकामा काँग्रेसको १२५३ मत प्राप्त भएको छ । एमालेले १२४८ मत ल्याएको
छ । छथर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रको प्यानल विजयी, २ मा एमाले र ३ काँग्रेसको प्यानल विजयी भएको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.