Websoft University

चुडाँमणि शर्मासँग तीन अर्ब रुपैयाँ धरौटी मागियो



काठमाडौं,असार १६ गते । रातो तारा डट कम-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा पक्राउ परेका चुडाँमणि शर्मासँग हिरासत मुक्त हुन ३ अर्ब रुपैयाँ धरौटी मागेको छ । तारेखमा छुटाउने गरी शर्मासँग ३ अर्ब रुपैयाँ धरौटी मागिएको अख्तियार स्रोतले जनाएको छ ।

आन्तरिक राजश्व विभागका प्रमुख रहेका शर्मा गत जेठ १९ गते पक्राउ परेका थिए । सह सचिव शर्मामाथि कर फस्र्यौट आयोगमार्फत अवैधानिक रुपमा २० अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ ।

अहिलेसम्म अख्तियारले शर्मा सदस्य सचिव रहेको आयोगले दिएको कर छुटका १ सय २५ वटा फाइल खोलेको छ । जसमा ९ अर्ब भन्दा बढी कर गैरकानुनी रुपमा छुट दिइएको भेटिएको अख्तियारले जनाएको छ ।

आरोपमा परार हरेका आयोगका पदाधिकारीलाई दामासाही रुपमा भाग लगाउँदा शर्माको नाममा ३ अर्ब बराबरको बिगो देखिएकाले ३ अर्ब धरौटी माग गरिएको हो ।

अख्तिायरले अझै आयोगले निर्णय गरेका झण्डै ९ सय ४४ फाइल खोल्न बाँकी नै छ । अख्तिायरले ३ अर्ब रुपैयाँ धरौटी मागेपछि शर्माले त्यसको लागि आफ्ना वकिलमार्फत तयारी थालेका छन् ।

‘अहिलेसम्म देखिएको बिगोका आधारमा धरौटी मागिएको हो, अझै अधिकांश फाइल खोल्न बाँकी छ’ अख्तियार स्रोतले भन्यो-उनले मागिएको धरौटी बुझाएर तारेखमा धाउने गरी रिहा हुनेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.