Websoft University

संखुवासभामा स्थानिय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले हुँदै

मोहन राई,संखुवासभा-असार १४ गते । रातो तारा डट कम,संखुवासभा जिल्लाको ५ नगरपालिका र ५ गाउँपालिकाका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा आज निर्वाचन भैरहको छ ।


अशक्त-
स्थानीय तह दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा विहान ७ बजेबाट शुरु भएको हो । विहान मौसम प्रतिकुल भए पनि मतदाताहरु उत्सुकताका साथ आ–आफ्नो मतदान केन्द्रमा पुगेका थिए ।

सबै मदतान केन्द्रमा बृद्ध, आशक्तहरुको लागि भोट हाल्न सहज व्यवस्था गरिएको छ ।  संखुवासभाको क्षेत्र नं. २ का ४ नगरपालिका र क्षेत्र नं. १ को १ नगरपालिका सहित ५ गाउँपालिकामा मतदाताहरुले उत्सुकताका साथ निर्वाचनमा भाग लिएको थियो ।

संखुवासभाको बुधबार भएको मतदानमा खाँदवारी नगरपालिका, चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, मादी नगरपालिका, पाँचखपन गनरपालिका सहित मकालु, सिलिचुङ, भोटखोला, चिचिला, र सभापोखरी गाउँपालिकामा विहान सबेरै देखि सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान गरिरहेको निर्वाचनको कार्यालय संखुवासभाले जनाएको छ ।सबै मतदानकेन्द्रमा व्यवस्था व्यवस्थित गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.