Websoft University

संखुवासभामा स्थानिय तहको शान्तिपूर्णरुपमा सम्पन्न


मोहन कुमार राई- संखुवासभा   असार १४ गते । रातो तारा डटछकम,संखुवासभा जिल्लाको ५ नगरपालिका र ५ गाउँपालिकाका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन  भैरहको छ ।

स्थानीय तह दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा विहान ७ बजेबाट शुरु भएको मतदान वेलुकी ५ बजेसम्म भएको हो । विहान मौसम प्रतिकुल भए पनि मतदाताहरु उत्सुकताका साथ आ–आफ्नो मतदान केन्द्रमा पुगेका थिए । आशक्त, वृद्ध, अपाङ्गह स्टेचर, डोकोमा समेत बोकीएर भोट हाल्न मतदान केन्द्रमा आउनुभएको थियो ।

सबै मदतान केन्द्रमा बृद्ध, आशक्तहरुको लागि भोट हाल्न सहज व्यवस्था गरिएको थियो ।  संखुवासभाको क्षेत्र नं. २ का ४ नगरपालिका र क्षेत्र नं. १ को १ नगरपालिका सहित ५ गाउँपालिकामा मतदाताहरुले उत्सुकताका साथ निर्वाचनमा भाग लिएको थियो । चैनपुरको सबै भन्दा बढी मतदाता रहको वडा नं. ६ को सरस्वती मावि केन्द्रमा भएको मतदाताहरु १ हजार ९ सय ३० मध्ये १ हजार ३ सय २१ मत खसेको थियो। सबै मतदान केन्द्रमा ७० देखि ७५ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

संखुवासभाको बुधबार भएको मतदानमा खाँदवारी नगरपालिका, चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, मादी नगरपालिका, पाँचखपन गनरपालिका सहित मकालु, सिलिचुङ, भोटखोला, चिचिला, र सभापोखरी गाउँपालिकामा विहान सबेरै देखि सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान भएको  निर्वाचनको कार्यालय संखुवासभाले जनाएको छ । सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था व्यवस्थित गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.