Websoft University

निर्वाचनमा आम जनताको उत्सुकता बढी नै देखियो



आज असार १४ गते भएको स्थानीय तह को दोस्रो चरणको
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् ।

निर्वाचन आयोगका अनुसार ७०।५ प्रतिशत मत खसेको छ । यो पहिलो चरणको तुलानामा साढे २ प्रतिशत कम हो । तर, मध्य वर्षामा भएको चुनावमा ७०।५ प्रतिशत मत खस्नु निकै उत्साहपूर्ण भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा धेरै मत बाजुरामा खसेको छ । त्यहाँ ८० प्रतिशत मत खसेको छ । सबैभदा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ ।

राजनीतिक दलहरुको झडपका कारण केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

सोलुखुम्बुको नेचा गाउँपालिकाको तिङ्ला गाउँमा भने एक भोट पनि खसेन । नवलपरासीको एउटा मतदान केन्द्रमा २ मत मात्र खसेको छ । स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले चुनावमा सहभागिता नजनाएका हुन् कि भन्ने अनुमान गरिएको छ।

त्यसैगरी १ नम्बर प्रदेशका गाउपालिका, नगरपालिका र महानगरपालिकाका सबै ठाउमस राम्रो मत खसेको छ।

प्रमुख निर्वाचन आयुक्तले जनादेश अब मतपेटिका संकलित भइसकेको भन्दै मतादेश सम्मान गर्न उम्मेदवारहरुलाई हार्दिक अपील गरेका छन् । उनले भने, ‘उत्तेजनामा नआउने र संयमता अपनाउन अपील निर्वाचन आयोग आग्रह गर्दछ ।’

निर्वाचन आयोगका अनुसार मतपेटिका संकलनपछि आवश्यक तयारी गरेर मत गणना सुरु हुनेछ । प्रमुख आयुक्त यादवले भने, ‘उच्च सर्तकता अपनाएर मत गणना सुरु गर्नुपर्छ। प्रतिनिधिलाई कति दुरीमा राख्ने तय गर्न भनेका छौं।

सफल र सबैलाई स्वीकार्य हुने मत गणना हुने विश्वास आयोगले लिएको उनले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.