Websoft University

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा फरक विशेषताहरु देखिए




काठमाडौं,असार १५ गते । रातो तारा डट कम-दोस्रो चरणको स्थानीय तहको  निर्वाचन सम्पन्न भइसक्दा पहिलो चरणको निर्वाचन भन्दा हिजो मदतादानमा केही फरक विशेषताहरु देखिए । असारे झरी, बाढी, पहिरो घाम, नभनी अनेक प्रतिकूलता झैल्दै ७० प्रतिशतभन्दा बढी मतदाताले आफ्नो मताधिकार हिजो प्रयोग गरेका छन् ।

पहिलो चरण र दोस्रो चरणको चुनावमा के भिन्नता देखियो वा समानताहरु के-के भए यसबारे विश्लेषण गर्दा पहिलो र दोस्रो चुनावमा केही विल्कुलै भिन्न लक्षणहरु देखापरेको महसुस गर्न सकिन्छ ।



झरी र वर्षायामको वास्ता नगरी उत्साहजनक रुपमा जनताले
आफनो मत दिने अधिकार प्रयोग गरेकाछन ।

हेर्नुस् त मतदानस्थलमै कसैको मृत्यु, कसैको जन्मत ?

हिंसाको कुरा गर्दा पहिलो चरणमा मतदानका दिन भएको झडपमा दोलखा र कालीकोटमा दुई जनाको ज्यान गएको थियो । तर, यसपटक सुदूरपश्चिमका पहाडी जिल्लामा झडप भए पनि ज्यान जाने घटना चै कतै भएको छैन ।

तर, यसपटक चुनावमा मतदान गरे लगत्तै तीनजनाको मृत्युको समाचारले राष्ट्रिय चर्चा आयोगको नोटिसमा पनि आयो । तथापि उनीहरुको मृत्यु झडपमा नभएर भवितव्यबाट भएको थियो ।

दमक नगरपालिका १४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भयो । इलामको रोङ गाउँपालिकाको मार्से मतदान केन्द्रमा ४५ वर्षीय चेतनाथ आचार्यको पनि मतदान गरेलगत्तै मृत्यु भयो । त्यस्तै पाल्पाको बगनासकालीमा पनि यम्घाका ८० वर्षीय पूर्णचन्द्र भट्टराईको मतदानस्थलमै मृत्यु भयो । विगतमा यस्ता घटना भएकै थिएन भन्छ आयोग ।

यो चुनावमा मतदान स्थलमा मृत्युमात्रै भएन जन्म पनि भयो । अछाममा दुई महिलाले मतदानको लाइनमै बच्चा जन्माएर एउटा इतिहास रच्दै मतदान गरेका छन् । अछामको रामारोशन गाउँपालिका-४ को बाटुलासैनस्थित नन्दकाली आधारभुत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुई महिलाले बच्चा जनाएका हुन् । रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दासले बच्चा जन्माएका हुन् । दुबैले छोरा जन्माएका छन् । उनीहरुलाई व्यथा लागेपछि स्कुलकै छेउमा सुत्केरी गराएर एक घण्टापछि मतदान गरेर घर फर्किएका
थिए ।

सय वर्ष नाघेकाहरुमा मतदान मोह:-
यसपटकको मतदान यस अर्थमा पनि ऐतिहासिक भयो कि एक सय वर्ष नाघेका जेष्ठ नागरिकमात्रै ९ जनाले मतदान गरे । निर्वाचन आयोगले दिएको जानकारीअनुसार सबैभन्दा जेष्ठ ११३ वर्षीय पशुपति साउदले बैतडीको सूर्नया गाँउपालिकास्थित भूमिराज निमावि केन्द्रबाट मतदान गरे ।

त्यस्तै १११ वर्षीय नन्दन ठेकरले दार्चुलाको नौगाड गाउँपालिका १ बाट मतदान गरे । त्यस्तै १०५ वर्षीय कलशी भट्टले दार्चुलाको शैल्यशिखर नगरपालिकाबाट मतदान गरिन् । १ सय वर्षमाथिका ९ जना जेष्ठ नागरिकले देशका बिभिन्न केन्द्रबाट मतदान गरेका छन् ।

 कोही स्टेचरमा, कोही कोराबाटै मतदान केन्द्रमा
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदानका लागि पाल्पा रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म
लगिएको थियो।

मतदाताको उत्साह यतिसम्म देखियो कि कोही स्ट्रेचरमा र अरुको पिठ्युँमा बोकिएर मतदान केन्द्रमा पुगे भने किरियापुत्री समेत मतदान नगरी रहन सकेनन् । इटहरीमा किरियापुत्रीले समेत मतदानमा सहभागि भएको आयोगले जनाएका छ।

इटहरीजस्तै बाजुरा, दाङ, प्युठान लगायतका जिल्लामा पनि किरियापुत्रीहरुले मतदान केन्द्रमा पुगेर मत हालेका दृश्यले सन्चार माध्यमले चासोका साथ देखाएका थिए ।

दृष्टिविहीनदेखि अपांगता भएकाहरुले पनि आफ्नो गाउँ ठाउँको विकास गर्ने प्रतिनिधि चुन्ने अवसर गुमाउन चाहेनन् । मधेसका केही ठाउँमा राजपाको धम्की र अवरोधका बीच मधेसी जनताले मतदान गरेर चुनावप्रतिको चाहना प्रकट गरे ।

बहिस्कारवादीको पत्तासाफ:-
दोस्रो चरणको चुनावमा उल्लेखनीय विशेषताः- अर्को के पनि हो भने यसपटक राष्ट्रिय जनता पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार र बिथोल्ने कार्यक्रम घोषणा गरे पनि जनताले मानेन । उनीहरुले बन्द हड्तालका कार्यक्रम पनि आह्वान गरेका थिए तर जनता नमान्दा केही लागेन आखिर चुनाव भयो ।

राजपाको घोषणालाई रुपन्देही, कपिलवस्तु लगायत उसको प्रभाव क्षेत्रमा आफ्नै कार्यकर्ताले खारेज गरिदिए । सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता जस्ता माथि माथि आशीर्वद  बाट नाम कमाएक राजपा नेताको पनि केहिलागेन कार्यकर्तालाई स्वतन्त्ररुपमा उम्मेदवार उठाएर आफ्नो जोगाउन खोजेको देखिन्छ र लिम्बू वानमा यस्तै भयोभयो।

लिम्बुवानमा पनि चुनाव बहिस्कारको धम्की थियो । सिके राउतले डर देखाउथे, तर, सबै बहिस्कारवादीहरु यसपटक लगभग पछारिए पत्तासाफ आफै भए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.