Websoft University

दोस्रो चरणको निर्वाचन मतगणना शुरु



मोहन कुमार राई, संखुवासभा,असार १६ गते । रातो तारा डट कम,संखुवासभाको चैनपुर नगरपालिका को निर्वाचन मतगणना शुरु भएको छ ।

नगरपालिकाको वडा नं १, २ र ११  को मत गणना शुरु गरिएको छ । अहिले सम्मको गणनाको मत परिणम अनुसार वडा न. १ मा नेपाली काँग्रेसका मेयर शंकरमान कँडेलले ६ सय ५७ मत, एमालेका भरत कुमार खत्रीले ४सय ५२ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा नेपाली काँग्रेसका अञ्जना लिंथेपले ६सय ९९ मत, एमालेका मुना श्रेष्ठले ४ सय १७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वडा नं. २ मा नेपाली काँग्रसका मेयरका उमेदवार शंकरमान कँडेलको ४ सय १२ मत, एमालेको भरत कुमार खत्रीले ७ सय ५ मत प्राप्त गर्नुभएको छ  यसै गरी उपमेयरमा नेपाली काँग्रेसको अन्जना लिङथेपले ३ सय ९९ मत एमालको उपमेयर मुना श्रेष्ठले ६सय ९९ मत प्राप्त गर्नुभएको छ ।

यसै गरी नगरपालिकाको ११ नं.वडामा नेपाली काँग्रेसको मेयर शंकरमान कँडेलले ४सय ६  मत एमालेको मेयर भरतकुमार खत्रीले २ सय ६२ मत प्राप्त गर्नुभएको छ । उप मेयरमा नेपाली काँग्रेसका अञ्जना लिंथेपले ३ सय २८  मत, एमालेका मुना श्रेष्ठले २ सय ३६ मत प्राप्त गर्नुभएको छ ।

अहिले सम्म वडा नं. १ र २ मत गणना भइसको छ भने वडा नं. ११ सकिन लागेको र यस पछि वडा नं.३,९ र १० को मतगणना शुरु हुने निर्वाचन अधिकृत मघनाथ पाध्यले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.