Websoft University

हेर्नु होस त कस-कसले कहाबाट मतदान गरे !


काठमाडौं, असार १४ गते । रातो तारा डट कम-प्रधानमन्त्री शेरवहादुर देउवाले बुधवार विहानै आफ्नो गाउँ पुगेर मतदान गरेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का बासिन्दा देउवा मतदानका लागि विहान अमरगढीबाट गएका थिए । उनले रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेको खबर छ।

विहान सवा ८ बजे देउवा पत्नी आरजु सहित मतदानका लागि मतदान केन्द्रमा पुगेका थिए । मतदान गर्नासाथ देउवा हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन् । उनी चुनावका लागि एक सातादेखि ७ नम्बर प्रदेशमा थिए ।
कांग्रेस नेताहरु शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर महानगरपालिकाको आदर्श विद्यालय केन्द्रबाट मतदान गरेका छन् । यो विद्यालय कोइराला परिवारले नै स्थापना गरेको हो ।
यहि मतदान केन्द्रबाट बलिउड नायिका मनिषा कोइरालाका भाइ सिद्धार्थ कोइरालाले पनि मतदान गरेका छन् । उनी कांग्रेस महासमिति सदस्य हुन् ।
कांग्रेसका पूर्वमहामन्त्री केवी गुरुङले इलामको बालमन्दिर केन्द्रबाट मतदान गरेका छन् ।
एमाले नेता को कता ?
उता एमालेका ७ नम्बर प्रदेश प्रमुख तथा पूर्व उपप्रधानमन्त्री एबम् गृहमन्त्री भीम रावलले अछामको साँफेबगर नगरपालिकाबाट मतदान गरेका छन् । उनले वडा नम्बर ६ स्थित चन्द्रोदय आधारभूत प्रावि केन्द्रबाट विहान ७ बजे मतदान गरेका थिए । रावल बिगत १ महिनादेखि ७ नम्बर प्रदेशमै छन् ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमले विहान सातै बजे मतदान गरेका छन् । गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । गौतम मतदाताको पहिलो लाइनमा बसेर मतदान गरेका हुन् ।
विहान सपरिवार मतदान केन्द्रमा पुगेका गौतमले मतदान केन्द्रमा जम्मा भएका मतदाताहरुलाई आफ्नो मत विवेक प्रयोग गरेर उपयुक्त उम्मेदवारलाई दिन आग्रह गरेका थिए । गौतम पछिल्लो समय प्युठानबाट सांसद छन् ।
नेकपा एमालेका संसदीय दलका उपनेता तथा बिघटित संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र कांग्रेस नेता केबी गुरुङले इलाम नगरपालिकाको एउटै मतदान केन्द्रमा मतदान गरेका छन् । उनीहरुले बालमन्दिर आधारभूत विद्याालय मतदान केन्द्र हाकिमटोलबाट मतदान गरेका हुन् ।
एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामकै सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रबाट भोट हालेका छन् ।
एमाले उपमहासचिव बिष्णु पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बाट मतदान गरेका छन् । भने अर्का उपमहासचिव घनश्याम भुसालले तिलोत्तमा नगरपालिका नगरपालिका ९ मणिग्राबाट मतदान गरेका छन् ।
एमालेका सचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४, बम्घा निमावि मतदान केन्द्रबाट विहान ७ बजे पहिलो मतदान गरेका छन् । अर्का सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिकाबाट मतदान गरेका छन् । एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका ११ बाट मतदान गरेका छन् ।
माओवादी नेताले कहाँबाट भोट हाले ?
सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेकी छन् । मतदान गरिसकेपछि सन्चारकर्मीसँग कुरा गर्दै उनले संविधान कार्यान्वयन गर्दै गणतन्त्र संस्थागत गर्न आफू भोट हाल्न काठमाडौंबाट रोल्पा आएको बताइन् । उनी आजै काठमाडौं फर्किने उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
यसैगरी माओवादी केन्द्रका नेता एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिकाको एक नम्बर वडाको मेवाङ केन्द्रबाट मतदान गरेका छन् । महराले पहिलो मतदाताको रुपमा मतदान गरी मतदान कार्य प्रारम्भ गरेका हुन् ।
माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पनि रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका छन् । उनी सभामुख ओनसरी घर्तीको श्रीमान् हुन् ।
माओवादीकी अर्की नेतृ जयपुरी घर्तीले रोल्पाको राङ्सी केन्द्रबाट मतदान गरेकी छन् । तर, राङ्सी निवासी उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भने भोट हाल्न गएका छैनन् ।
माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको अर्घारजस्थल मावि केन्द्रबाट मतदान गरेका छन् ।
पूर्वमन्त्री एवम् माओवादी केन्द्रकी नेतृ रेखा शर्माले प्युठानको स्वर्गद्वारी क्याम्पस मतदान केन्द्रबाट मतदान गरेकी छन् । उनको श्रीमान् एव्म माओवादी केन्द्रका नेता कृष्णध्वज खड्काले पनि सोही केन्द्रबाट मतदान गरेकी छन् । सो केन्द्रमा उनीहरुले पहिलो मतदाताको रुपमा भोट हालेका थिए ।
राप्रपा उपाध्यक्ष दिपक बोहोराले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट मतदान गरेका छन् भने महामन्त्री सुनिलबहादुर थापाले धनकुटाको पाख्रिबास नगरपालिकामा मतदान गरेका छन् ।
संघीय समाजवादी फोरमका अध्यक्षक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको डिग्री क्याम्पस मतदान केन्द्रबाट विहान ९ बजे मत दिएका छन् । उनी सुनसरी ५ बाट निर्वाचित सांसद हुन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले विहान ११ बजे सुनसरीको दुहवी नगरपालिकाबाट मतदान गर्ने खबर प्राप्त भएपनि वहाको फोटो उपलब्ध छैन ।
अनलाइन खबरबाट सा

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.