Websoft University

फोहोरबाट बिजुली निकाल्ने प्लान्टको उद्घाटन


 काठमाडौं, असार १३ गते । रातो तारा डट कम काठमाडौं  महानगरपालिकाले गत वर्ष तयार गरेको फोहोरबाट बिजुली निकाल्ने ‘बायोमिथानेशन’ प्लान्टको मंगलबार उद्घाटन गरिएको छ । प्लान्टको मंगलबार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर शाक्य र नेपालका लागि युरोपियन युनियनका राजदुत रेन्सजे टीरिन्कले संयुक्त रुपमा उदघाटन गरे ।



यो प्लान्ट युरोपियन युनियनको ८० प्रतिशत आर्थिक सहयोगमा निर्माण गरिएको हो । टेकुमा फोहोरबाट बिजुली निकाल्ने गरी यो प्लान्ट तयार भएको छ । यसमा काठमाडौंमा दैनिक जम्मा हुने ३ टन फोहोरबाट १४ किलोवाट बिजुली निकालिन्छ ।

यसबाट मिथेन ग्यास उत्पादन भइरहेको छ र, यही ग्यासबाट बिजुली उत्पदन सुरु भएको छ । विजुली उत्पादनका लागि टर्वाइन जडान गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रमै बायोमेथालाईजेशन प्लान्टको स्थापना गरी विद्युत, जैविक मल र प्रशोधित पानी उत्पादन हुन्छ । महानगरपालिकाको फोहोरमैला व्यवस्थापनको कामलाई दीगो रुपमा अघि बढाउन प्लान्ट सेवा सञ्चालनमा आएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बताए ।

उनले काठमाडौं महानगरपालिकालाई स्वच्छ र सुन्दर सहर बनाउने महानगरबासीको सपना छिट्टै पूरा गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए । एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अन्तरगत सञ्चालनका आएको प्लान्टबाट दैनिक ३ सय किलोग्राम जैविक मल र ९६ किलोग्राम बायो ग्याँस र ५ सय लिटर प्रशोधित पानी उत्पादन हुन्छ ।

यो परियोजनाको सञ्चालनबाट वाषिर्क सरदर २ हजार ५ सय टन बराबरको कार्वनडाईअक्साइड ग्याँस उत्सर्जनमा कमी आउने अपेक्षा पनि गरिएको छ । ३ वर्ष लगाएर संचालनमा ल्याइएको प्लान्टले फोहोरबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित भएको महानगरपालिकाले जनाएको छ ।

उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि लगानी बोर्डले पनि निजी क्षेत्रको सहकार्यका ठूलो परियोजना संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

यो प्लान्टबाट १४ देखि २० किलोवाटसम्म बिजुली निकल्ने महानगरपालिकाले जनाएको छ । प्लान्ट स्थापनापछि फोहोरबाट विजुली निकालिने विषयमा अध्ययन तथा अवलोकनका लागि भारत नै जानुपर्ने अनुसन्धानकर्ता र विद्यार्थीको बाध्यता पनि हट्ने अपेक्षा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.