Websoft University

बाली विज्ञान अध्यापन शुरु


सुनसरी असोज १२ गते । रातो तारा डट कम,सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारमा रहेको जगन्नाथ डेढराज जनता (जडेज) माविमा यो वर्षदेखि बाली विज्ञानको कक्षा शुरु गरिएकोछ।

एक स्थानीय तह एक प्राविधिक शिक्षालय’बनाउने प्रधानमन्त्री केपी ओलीको पहिलो निर्णयलाई साकार पार्न बराहक्षेत्र नगरपालिकाको सहयोगमा पढाइ शुरु गरिएको हो ।

सरकारको राष्ट्रिय नीतिअनुसार सञ्चालन गर्न लागिएको उक्त विषयको पठनपाठनको शुरुवात गत मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री पोखरेलले ग्रामीण भेगमा प्राविधिक विषयको अध्यापन शुरु गरेर सरकारको एक स्थानीय तह एक प्राविधिक शिक्षालय’ अभियभान कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।

बाली विज्ञान विषयको तीनवर्षे डिप्लोमा तहका लागि नगरपालिकाको पहलमा सिटिइभिटीसँग सम्बन्धन लिएर जडेज माविमा पठनपाठन शुरु गरिएको हो ।

स्थानीय विद्यालयमै प्राविधिक शिक्षाको कृषि विषय पढाइ हुन थालेपछि स्थानीयवासी धरान, इटहरी, विराटनगर, उर्लावारी पुग्नुपर्ने बाध्यता हराएको स्थानीयवासीले बताएका छन् ।

विद्यालयमा कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोगबारे अध्यापन हुने विद्यालयका सूचना अधिकारी चेतनाथ भट्टराईले जानकारी दिनुभयो ।

विद्यालयको पूर्वाधार निर्माणका लागि नगरपालिकाले रु १५ लाख उपलब्ध गराएको नगरपालिकाका प्रमुख निलम खनालले जानकारी दिनुभयो ।

सो रकम विद्यार्थीका लागि आवश्यक प्रयोगशाला र प्रयोगात्मक कार्यका लागि खर्च गर्न बजेट व्यवस्था गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.