Websoft University

यू–१८ च्याम्पियनसीप फुटबल-नेपालका रेफ्री लामाले खेलाए फाइलन थाईल्याण्ड विजेता, इन्डोनेसिया उपविजेता

आगरा,भारत-असोज १३ गते । रातो तारा डट कम,भारतको आगरामा शुक्रबार सम्पन्न ४६ औं संस्करणको एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगिताको फाइनल खेल नेपालका रेफ्री श्रवण लामाले खेलाएका छन् ।

आगरा स्थित आनन्द स्टेडियममा थाईल्याण्ड र इन्डोनेसियाबीचको अन्तिम खेलमा निर्णयकको भूमिका निर्वाह गर्ने अवसर फिफा रेफ्री लामाले पाएका हुन् । धनुषा धारपानी घर भएका ३७ वर्षीय लामा पहिलो पटक विदेशी मैदानमा रेफ्रीको भूमिकामा रहे । प्रतियोगिता भर उनले पाँच वटा खेल खेलाए । २०६४ सालदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) मा रेफ्रीका रुपमा कार्यरत लामा २०७१ सालमा फिफाबाट मान्यता प्राप्त रेफ्री हुन् ।

नेपाल पुलिस क्लबमा आवद्ध भएर पाँच वर्ष विभिन्न प्रतियोगिता खेलेपछि २०६४ सालबाट उनी रेफ्रीको भूमिकामा छन् । नेपाल पुलिस क्लबमा आवद्ध र नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत रहेका उनीसंग नेपालमा भएको
यू–१६, ‘ए’ डिभिजन लिग र मोफसलमा भएका विभिन्न प्रतियोगिता खेलाएको अनुभव छ । यस प्रतियोगिताका खेल खेलाउनका लागि आयोजकले भारत सहित कोरिया, श्रीलंका, मलेसिया, थाईल्याण्ड र नेपालका गरेर २५ जना रेफ्रीलाई झिकाएको थियो ।

अन्य देशका रेफ्रीलाई छाडेर आयोजकले नेपालका रेफ्री लामालाई फाइनल खेल खेलाउनका लागि महत्वपूर्ण जिम्मेवारी दिनु नेपालका लागि सुःखद्् सन्देश भएको एन्फाका केन्द्रीय सदस्य एवं नेपाली टिमका व्यवस्थापक रुपेश अधिकारीले बताए । उनले नियम अनुसार खेल खेलाउन सक्षम भएकै कारणले आयोजकको रोजाईमा लामा परेको पनि बताए ।

‘यस अघि खेलाइएका विभिन्न खेलमा लामाको खेलाउने तरिका र खेलमा अपनाउनु पर्ने नियमका बारेमा आयोजकले राम्ररी बुझ्ने अवसर पायो,’ अधिकारीले भने, ‘त्यही भएर अन्य मुलुकबाट आएका रेफ्रीलाई छाडेर आयोजकले प्रतियोगिताकै महत्वपूर्ण मानिएको फाइनल खेल खेलाउने अवसर लामालाई प्रदान गरेको हो ।’

लामाले पनि अन्य खेल फिफाको नियम अनुसार निस्पक्ष र राम्ररी खेलाएका कारण आफूले फाइनल खेलाउने जिम्मेवारी पाएकोमा गर्व गरे ।
यसैबीच ४६ औं संस्करणको एसियन यू–१८ च्याम्पियनसीप फुटबलको उपाधि थाईल्याण्डले जितेको छ । आनन्द स्टेडियममा शुक्रबार चिरप्रतिद्धन्द्धी इन्डोनेसियालाई ३–० गोल अन्तरले पराजित गर्दै थाईल्याण्डले उपाधि रक्षा गरेको हो । दुबै टोली समूह ए मा रहेका थिए । दुबै टोली उही समूहमा रहेको नेपाललाई पराजित गर्दै अघि बढेका थिए ।

 त्यस्तै समूह बी मा रहेको दक्षिण कोरिया तेस्रो बनेको छ । शुक्रबार नै भएको खेलमा समूह बी कै अर्को टोली मलेसियालाई १–० गोल अन्तरले पराजित गर्दै कोरिया प्रतियोगिताको तेस्रो बन्न सफल भयो । मलेसियाले चौथोमा चित्त बुझायो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार नै भएको खेलमा नेपाललाई ४–३ गोल अन्तरले पराजित गर्दै समूह बी मा रहेको भारत पाँचौं बन्यो । नेपाल छैठौं बनेको छ । समूह बी मा रहेको श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेर चीन सातौं
भयो । श्रीलंकाले आठौं स्थानमा चित्त बुझायो ।

 समूह बी मा रहेको भुटान र समूह ए मा रहेको अफगानिस्थान नवौं र दशौं भए । प्रतियोगितामा थाईल्याण्ड, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, आयोजक भारत, नेपाल, चीन, श्रीलंका, भुटान र अफगानिस्थान गरेर १० वटा मुलुकले सहभागिता जनाएका थिए ।
(रेफ्री श्रवण लामाको फोटो पनि छ )

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.