Websoft University

धानबाली कीराको प्रकोप बढेपछि किसान चिन्तित

 

काठमाण्डौं,असोज ११ गते । रातो तारा डट कम, कञ्चनपुर, फड्के (ब्राउन होपर) कीराले कञ्चनपुरमा किसानले लगाएको धानबालीमा ब्यापक नोक्सानी पु¥याएको छ । पाक्न नपाउँदै धानमा फड्के कीराले आक्रमण गरेपछि यहाँका किसानले नोक्सानी भएको देखेर चिन्तित हुन थालेका छन् ।

कीराले धानको बोटको रस चुसेर खाने भएकाले धान पाक्न नपाउँदै ढल्ने र दाना र पराल कामै नलाग्ने भएको छ । शुक्लाफाँटा– ४ का किसान धर्मानन्द भट्टले एक बिगाहा खेतमा लगाएको धानबाली पूरै फड्के कीराको प्रकोपका कारण नोक्सान भएको बताउनुभयो । विषादी हालेर कीरा नियन्त्रण गर्न खोजे पनि नियन्त्रण नभै झनै पूरै खेतमा फैलिएको छ । उहाँले भन्नुभयो, “पाक्न नपाउँदै धानका बोट कुहिएर झर्न थालेका छन् ।

साताअघि सानो ठाउँमा धानका बोट कुहिएर खस्न थालेका थिए । अब पूरै खेतमा कीराको समस्या देखिएको छ । मेहनत गरेर लगाएको पूरै धानबाली कीराले सखाप पारेपछि चिन्तित भएको उहाँले बताउनुभयो ।

खेतमा लगाएको धान परिवारका लागि वर्षभरि खानका लागि राखेर बिक्री गर्नसम्म हुन्थ्यो उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “पाक्न नपाउँदै धानका बोट कीराका कारण कुहिएपछि खानकै लागि धान किन्नुपर्ने अवस्था आएको छ ।”

सोही वडाका किसान अमर भण्डारीको १० कट्टा खेतमा लगाएको धानबाली कीराको प्रकोपका कारण सखाप भएको छ । प्रकोपकै रुपमा कीराले आक्रमण गरेपछि पूरै धानबाली कामै नलाग्ने भएको उहाँले बताउनुभयो ।

नगरपालिकाको कृषि शाखाका प्रमुख वीरबहादुर कुवँरले शुक्लाफाँटा नगरपालिका क्षेत्रमा मात्रै झण्डै तीन दर्जन बढी किसानको १० बिघा बढी जग्गामा फड्के कीराले धानबालीमा नोक्सानी गरेको बताउनुभयो ।

खेतमा रहेको पानीको निकास गरी इमिडाक्लोरापिड नामक विषादी एक एमएल चार लिटर पानीमा घोलेर खेतमा छर्के कीरा नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । उहाँका अनुसार २५ प्रतिशत धानबाली नोक्सान भएको छ ।

बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका नायब प्राविधि सहायक राममिलन चौधरीकाअनुसार कञ्चनपुरका पुर्नवास, बेलडाँडी, लालझाडी, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरमा गरी दुईसय बिघाहा खेतमा लगाइएको एक हजार क्वीन्टल धानबाली फड्के कीराको प्रकोपले खेरगएको छ । जसबाट किसानले रु १५ लाखदेखि २० लाख सम्मको घाटा व्यहोरेका छन् । सर्जु ५२ र सावा लगायतको मसिनो धानमा फड्के कीराले बढी आक्रमण गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.