Websoft University

थुनुवा बोकेको प्रहरीको गाडीमा ट्याक्टरको ठक्कर


झापा, आश्विन ११ गते । रातो तारा डट कम,
झापाको मेचीनगर नगरपालिका-१४ दुवागढी स्थितमा थुनुवा लिई जिल्ला अदालत झापा जाँदै गरेको वानटन गाडीलाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको छ ।

आज दिउँसो १:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट जिल्ला अदालत झापाको लागि प्रहरी नायब निरीक्षक रेवत अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले थुनुवा लिई जाँदै गर्दा दक्षिणबाट उतर तर्फ आउँदै गरेको मे १ त २४५१ नम्बरको  ट्याक्टरले ठक्कर दिदाँ दुर्घटना भएको थियो ।

ट्याक्टरले ठक्कर दिदाँ उक्त गाडीमा सवार ईलाका प्रहरी कार्यालय  दमक दरबन्दीका  प्रहरी नायब निरिक्षक रेवत अधिकारी, ईलाका प्रहरी कार्यालय घैलाडुब्बा दरबन्दीका प्रहरी हवल्दार श्याम नारायण यादव, कारागार सुरक्षा गार्ड ताप्लेजुङ्ग दरबन्दीका प्रहरी जवान बल बहादुर भुजेल, मानव बेचबिखन मुद्दाका थुनुवा  जिल्ला संखुवासभा स्याबुङ गाउँपालिका-४ नागी बस्ने बर्ष ३३ को तर्बु शेर्पा लगायत लागू औषध मुद्दाका थुनुवा जिल्ला झापा मेचीनगर नगरपालिका-९ धुलाबरी बस्ने बर्ष २२ को मनिष आचार्य समेत घाइते भएकोले घाइते सबैको ओमसाई पाथिभरा मेडिकल भद्रपुरमा उपचार भई रहेको छ ।

ठक्कर दिने ट्याक्टर र वानटनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याउने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.