Websoft University

कृषि सेवा केन्द्रबाटै किसानलाई बेर्ना बितरण

कञ्चनपुर, कात्तिक ११ गते । रातो तारा डट कम,
 शुक्लाफाँटा नगरपालिका–१० मा रहेको कृषि सेवा केन्द्रले तरकारीको नर्सरी तयार गरी किसानलाई अनुदानमा बेर्ना उपलब्ध गराउन थालेको छ ।

नगरपालिकाको वडा नं १० को आर्थिक सहयोगमा केन्द्रले कार्यालयको हाताभित्र रहेको जग्गामा उन्नत तरकारीको नर्सरीमा बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेको हो ।

“काउली, बन्दागोभी, ब्रोकाउली, खुर्सानी, भण्टा र गोलभेँडाका बेर्ना तयार गरी किसानलाई उपलब्ध गराउन थालेका छौँ”, केन्द्रका प्रमुख वीरबहादुर कुँवरले भन्नुभयो ।

केन्द्रलाई तरकारीको बेर्ना तयार गर्नका लागि पोलि ब्याग, ह्याण्डपम्प, पाइप, रसायनिक मल र विषादी खरिदका लागि वडा कार्यालयका तर्फबाट रु ५० हजार रकम प्रदान गरेको वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो । सेवा केन्द्रले यसअघि किसानलाई तरकारीको बीउ मात्रै उपलब्ध गराउँदै आएको थियो ।

नर्सरीमा २० हजार तरकारीका बिरुवा उत्पादन गरिएका छन् । तरकारीको बेर्ना लगेर खेतमा रोप्ने किसानबाट लागत खर्च मात्रै लिने गरेको कुँवरले बताउनुभयो । नर्सरीमा उम्रेका बेर्ना ५० हेक्टर जग्गामा लगाउन पुग्ने छन् । तरकारी खेती गर्ने किसानलाई व्यावसायिक बनाउनका लागि नगरपालिका क्षेत्रमा घुम्ती शिविर आयोजना गरी निःशुल्क तालीम दिने व्यवस्थासमेत गरिएको छ ।

कृषि सेवा केन्द्रले किसानलाई तरकारी खेतीतर्फ आकर्षित गर्न निःशुल्करुपमा ५०० प्याकेट तरकारीको बीउ वितरण गरेको छ । पचास प्रतिशत अनुदानमा ५२ जना किसानलाई उन्नत जातको तरकारीको बीउसमेत उपलब्ध गराएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.