Websoft University

प्रचारप्रसार गर्न प्रेस चौतारी र सेन्टरको संयुक्त समिति बन्यो


काठमाडौँ, कात्तिक १३ गते । रातो तारा डट कम,
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले चुनाव तालमेलसहितको वामपन्थीबीचको एकता प्रक्रियालाई स्वागत गर्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल बनाउन केन्द्रित हुने निर्णय गरेका छन् ।

पत्रकारका दुई संगठनको आज यहाँ बसेको संयुक्त बैठकले प्रदेश र जिल्ला तहसम्म संयुक्त चुनाव प्रचारप्रसार समिति निर्माण गर्ने निर्णय गरेको छ ।

संयुक्त बैठकले वाम गठबन्धनका उम्मेदवार विजयी बनाउन संयुक्त समिति निर्माण गर्ने निर्णय गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।

बैठकले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा संयुक्त भेला गर्ने निर्णय गरेको प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले जानकारी दिनुभयो ।

बैठकले निर्वाचन प्रचारप्रसार र एकीकरणको विषयमा आवश्यक गृहकार्य गर्न ११ सदस्यीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा चौतारीबाट अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलन, सचिव देविका घर्तीमगर र कोषाध्यक्ष इन्द्र आचार्य रहनुभएको छ ।

यस्तै, प्रेस सेन्टरबाट अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्ष ओम शर्मा, महासचिव विष्णु सापकोटा, सचिव मनोज घर्तीमगर र कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी हुनुहुन्छ ।

बैठकले प्रदेश र जिल्ला तहसम्म दुवै संगठनको संयुक्त संयन्त्र बनाई काम गर्न र उम्मेदवारको प्रचारप्रसारमा दुवै संगठनका सदस्य सम्मिलित टोली बनाई एकमना एकताका साथ काम गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.