Websoft University

वाम गठबन्धनले पत्रकार सम्मेलन सम्पन्न


काठमाडौँ,कार्तिक १० गते । रातो तारा डट कम,
मंसिरमा तोकिएको निर्वाचन सर्ने हो कि भन्ने आंशका वाम गठबन्धनमा देखिएको छ । गठबन्धनले पत्रकार सम्मेलन नै आयोजना गरेर निर्वाचन सार्ने चलखेलमा नलाग्न चेतावनी दिएको छ । गठबन्धनले निर्वाचन सार्ने कुरा नेपाली जनतालाई सह्य नहुने र निर्वाचन सरे विघटित संसद व्यूतिने निष्कर्ष निकालेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया अघि बढिसकेकाले त्यस विरुद्ध भ्रम फैल्याउने काम नगर्न सबैपक्षलाई आग्रह गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई बलियो पार्न समेत निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनविरुद्ध हुने कुनै पनि क्रियाकलाप आफूहरुलाई मान्य नहुने स्पष्ट पारेका छन् ।

नेपाली जनतालाई सह्य हुँदैनस् ओली

पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष केपी ओलीले कसैले रहर गर्दैमा चुनाव सर्ने कुरा सम्भव नभएको बताए । ओलीले भने,‘मनोनय भइरहेको छ । यस्तो अवस्थामा निर्वाचनको मिति सार्ने व्यवहारिक नैतिक राजनीतिक कुनै पनि हिसाबले सम्भव छैन । त्यो हुनु हुँदैन । हुन सक्दैन । कसैले यदी लोकतान्त्रिक प्रणालीलाई अवरोध गर्न खोज्छ भने त्यो कुरा नेपाली जनतालाई सह्य हुँदैन ।” ओलीले भने ।

संसद पुनः व्यूतिन्छस् दाहाल
पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको कदमले चिसो पसेको बताए । दाहालले अघिल्लो पटक संयुक्त इजलासले दिएको आदेश विपरित एकल इजलासले निर्वाचन प्रक्रिया प्रभावित हुने गरी निर्वाचन आयोगसँग जवाफ मागेकाले आशंका उब्जिएको बताए । “चिसो पस्यो । यस्तो नहोस् । सबै सजग र सतर्क हुनुपर्छ ।” दाहालले भने ।

निर्वाचन विथाल्न खोजिएको आशंका भएकाले नै पत्रकार सम्मेलन गरिएको दाहालले जानकारी दिए । निर्वाचन विथोलियो वा स्थगित भएको खण्डमा विघटित संसद पुनः व्यूतिने दाहालको तर्क छ । निर्वाचन प्रक्रिया सुरु भएकाले संसद स्थगित भएको भन्दै दाहालले संसदको आयु माघ सात गतेसम्म रहने बताए । “संसदको आयु माघ सात गतेसम्म हो । मनोनयन सुरु भएकाले सभामुखले ससंद स्थगित गर्नुभएको हो ।”(news24 bat)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.