Websoft University

नेपाली फुटबल टोली कुवेत पुगे


काठमाण्डौ जेठ १७ गते । रातो तारा डट कम,फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । कुवेतमा नेपालले छनोट चरणका बाँकी तीन खेल खेल्नेछ । नेपालीले यही जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीले गर्दा नेपालले घरेलु मैदानमा खेल्नु पर्ने यी खेलहरु एएफसीले कुवेतमा खेलाउन लागेको हो । यसअघि ५ खेल खेलिसकेको नेपालले १ जितबाट ३ अंक जोडेको छ र समूहमा पाँच टिममध्ये चौथो स्थानमा छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत गएको हो । गत शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँगको ६–२ ले पराजित भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.