Websoft University

हडकड वाट पनि आउने भो,अक्सिजन र भ्याक्सीन

धरान जेठ १७ गते । रातो तारा डट कम,नेपालमा वढदो कोरोना सक्रमणको लहर सगै अक्सिजनको अभावलाई पुर्ति गर्न देश विदेशमा वस्ने नेपाली समुदायवाट आईरहेको सहयोगको पछिल्लो कडिमा हडकडमावस्ने नेपाली हरुपनि थपिएकाछन । 


आफै पनि धेरै पटक कोरोनाको सक्रमणवाट आका्रन्त वन्दै आएका हडकड वस्ने नेपालीहरुले यस पटक ४ सय थान अक्सिजन ,एक लाख थान भ्याक्सीन र पीपीई,  माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु नेपालमा पठाउने भएका छन । जेष्ठ १० गते हङ्गकङ्ग नेपाली महासंधले  “ हेल्प नेपाल कोभिड १९” शिर्षक राखेर आयोजना गरेको भेलाले नेपाललाई तत्कालै एक लाख थान चाईनिज भ्याक्सिन, पीपीई र माक्स सेनिटाईजर जस्ता स्वास्थ्य सामग्रीहरु नेपाल पठाएर सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । 


हङ्गकङ्ग नेपाल महासधका अध्यक्ष टंक राना, पुर्व अध्यक्ष प्रदिप थापा र रीता गुरुड को विशेष पहलमा वसेको सो भेलामा सहभागी सध सस्थाहरुले. सो सामग्री हरु खरीद गर्न तथा नेपाल पठाउन लाग्ने ढुवानी खर्चमा सधाउने प्रतिवद्धता जाहेर गरेका थिए । एनआरएन हङ्गकङ्ग जनजाती महासध,वाणिज्य सध लगायत विभिन्न सामाजिक सघ सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको सोहि भेलाले  लकडाउनका कारण नेपालमा अडकिएका विरामी तथा विधार्थीहरु हरुलाई हङ्गकङ्ग  फर्काउन पहल गर्ने कुरा महासधका अध्यक्ष टंक रानाले वताए । गत वर्ष पनि महासधको पहलमा ५ वटा जहाज वाट हडकडको नागरीकता भएका सयौ नेपालीहरुलाई नेपालवाट हङ्गकङ्ग फर्काउन विशेष पहल गरेको थियो ।  

जेष्ठ १५ गते महासध र हङ्गकङ्ग सरकारको पदाधिकारीहरु वीच वसेको वैठकले नेपाललाई ४ सय थान अक्सिजन कन्सनट्रेटर पठाउने निर्णय गरेको छ । महासंधको विशेष अनुरोधमा हङ्गकङ्ग सरकारले सो सिलिण्डरहरु दिने भएकोमा पहिलो पटक यसै हप्ता २ सय थान नेपाल पठाई हाल्ने भएका छौ भनि पुर्व अध्यक्ष तथा नेपाल हेल्प कोभिड १९ कार्यक्रमकी संयोजक रिता गुरुडले वताईन ।  २६ केजी तौल भएको सो ग्यासलको भाडोले आफै ग्यास वनाउने र लगाउन सजिलो प्रविधी प्रयोग गरीएको छ । नेपाल आई पुग्दा झण्डै दुई लाख सम्म पर्न जाने सो ग्यासलाई नेपालको ७७ वटै जिल्लाको  जिल्ला स्वास्थ्य अस्पताललाई दामासाहिमा वितरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने पनि अध्यक्ष टक रानाले वताए ।  

झण्डै सय भन्दा वढि सामाजिक संघ सस्था भएको हङ्गकङ्गमा महासंघले सवै सामाजिक संघ सस्थालाई समेटदै हङ्गकङ्ग सरकारलाई समेत विश्वासमा  लिएर काम गरीरहेको छ ।  गत वर्ष हङ्गकङ्गमा भएको भिषण आगलागीमा होस या कोभिडको महामारीमा महासंघका पदाधिकारीहरु घर घरमा पुगेर सेवा गरीरहेको कुरा महासंघका पुर्व अध्यक्ष प्रदिपथापावताउनु     हुन्छ ।    


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.