Websoft University

 


गाईघाट १७ जेष्ठ । रातो तारा डट कम,वन क्षेत्र बाट अबैध रुपमा ढुङगा गिटी उत्खनन गरिने क्रम बढेपछि स्थानियले सोमबार अवरोध गरेकाछन । उदयपुरको वेलका नगरपालिका ५ भर्तियाल स्थीत गिदेरी खोला तथा बन क्षेत्र प्रवेश गरी स्थानिय तिलक कटुवाल लगायतका ब्यक्तिहरुले स्काभेटर प्रयोग गरि जथाभावि ढुङगा गिटि निकाल्न थालेपछि स्थानियले बिहानै देखि उत्खननमा प्रयोग भैरहेको स्काभेटर र  टिफर कब्जामा लिएर प्रहरीमा बुझाएकाछन । कटुवाल लगायतका ब्यक्तिहरुले ठेकेदार संगको मिलिमतोमा ढुङगा गिटि बिगत एक साता देखि उत्खनन गर्दै आएको स्थानिय देबेन्द्र सापकोटाले बताए । “ठेकेदार लाई अन्यत्रै बाट ढुङगा गिटि निकाल्ने अनुमति छ । तर स्थानिय केहि ब्यक्तिको सहयोगमा ठेकेदार ले अबैध रुपमा निषेधित क्षेत्रमा प्रबेश गरी उत्खनन गरीरहेकाछन ।”उनले भने । पटक , पटक त्यसो नगर्न आग्रह गर्दा समेत उत्खनन कार्य नरोकिए पछि स्थानियले अहिले अबरोध गरेको उनले बताए । वेलका नगरपालिकाले बस्ति देखि दक्षिण भेगमा ठेकेदार लाई गिटि ढुङगा  निकाल्न ठेक्का दिएको छ  । हुलाकी राजमार्ग निमार्णको लागि कान्छाराम निर्माण सेवा लाई २ हजार घनमिटर ढुङगा  ,गिटि निकाल्ने गरी स्वीकृत दिएको बेलका नगरपालिका का शाखाअधिकृत चेतनाथ गौतमले बताए । तर ठेकेदारले नगरपालिकाले तोकेको स्थान बाहेक जंगल क्षेत्र प्रवेश गरी खुलेआम ढुङगा गिटि उत्खनन गरिरहेको कारण स्थानियले अबरोध गरेकाछन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.