Websoft University

सुन्दरहरैंचाका सामाजिक अभियन्ताहरु सामाजिक कार्यमा जुट्दै!


 शिव भट्टराई,मोरङ जेठ १७ गते । रातो तारा डट कम, सुन्दरहरैंचा ५ र इटहरी ३ मा रहेको विकट बस्तीका अति विपन्न परिवारलाई सामाजिक अभियन्ता कृष्ण कुमार घिमिरे र राज कुमार अधिकारीले सहयोगी भावना देखाएका छन्। स्वदेश तथा बिदेशमा रहेका विभिन्न व्यक्तिहरूबाट केहि सहयोग जुटाई सामाजिक अभियन्ताले अति विपन्न परिवारलाई केही खाद्यान्न सामग्रीहरू वितरण गरेका हुन्।


कोरोना भाइरस महामारीका कारण जारी गरिएको निषेधाज्ञाको कारण अति विपन्न परिवारमा परेको समस्या बुझेर उनीहरुलाई चुल्हो बाल्न सहयोग पुगोस् भनी कुनै पनि पार्टी, जाती, धर्मको भेदभाव नगरी यो कार्यलाई निरन्तरता दिने अभियन्ता कृष्ण कुमार घिमिरेले बताएका छन्।यस्तो विषम परिस्थितिमा छाक टार्न पनि समस्या भइरहेको समयमा सहयोग पाएकोले राहत पाउने व्यक्तिहरूले खुशी व्यक्त गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.