Websoft University

अस्पतालहरूमा रगतको अभाव भएपछि गछिया जेसीजले गर्यो रक्तदान कार्यक्रम!


 शिव भट्टराई,मोरङ जेठ  १७ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित गछियामा गछिया जेसीजको आयोजनामा नेपाल रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

अहिलेको कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिरहेको अवस्थामा अस्पतालहरूमा रगतको अभाव भइरहेको कारणले गर्दा रक्तदान कार्यक्रमको आयोजना गरिएको जेसिजका अध्यक्ष रबिन सिटौलाले बताए। त्यसैगरी यस्तो कोरोना भाइरस फैलिएको समयमा पनि रगत अभाव भएका कारण स्वास्थ्य मापदण्ड अपनाएर सो कार्यक्रम सम्पन्न गरिएको उनले बताए।

उक्त रक्तदान कार्यक्रममा सहभागिहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो।आईतबार भएको उक्त कार्यक्रममा लगभग ६० प्रिन्ट भन्दा बढी रगत सङ्कलन गरिएको थियो भने कार्यक्रममा सामाजिक व्यक्तित्व नविन बराल, सुरक्षाकर्मी लगायत विभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.