Websoft University

औषधी व्यवसायी संघ मोरङद्धारा विरामीलाई निःशुल्क सिटामोल बाढदै

 


विराटनगर जेठ  १७ गते । रातो तारा डट कम, ज्वरो र टाउँको दुख्दा खाने ‘प्यारासिटामोल’ औषधी नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले विरामीलाई निःशुल्क बाढन थालेको छ । 

विराटनगरसहित प्रदेश १ मा प्यारासिटामोल औषधी चरम अभाव भएर विरामीहरू भौतारिरहेको बेला संघले आवश्यक पर्ने विरामीलाई फार्मेशीमार्फत निःशुल्क औषधी बाढन थालेको हो । 

सिटामोल आभाव भइरहेको बेला संघले आफ्ना सदस्य रहेको औषधी पसल मार्फत आवश्यक पर्ने विरामीहरूलाई चिकित्सकले सिफारिस गरे अनुसार ज्वरो र टाउँको दुखाइको बेला खाने सिटामोल बितरण गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । आवश्यक पर्ने विरामीलाई निःशुल्क सिटामोल बाढन संघले सोमबार विराटनगर महानगरपालिका भित्रको १० वटा औषधी पसलमा सिटामोल बाढेको छ । ‘औषधी अभाव भइरहेको बेला सामाजिक उत्तरदायित्व अन्र्गतर रहेर हामीले आफना सदस्य रहेको औषधी पसलमार्फत विरामीलाई निःशुल्क सिटामोल बितरण गरेका छौं,’ संघका प्रवक्ता ढकालले भने, ‘पहिलो चरणमा विराटनगरको अस्पताल अगाडीको फार्मेशीहरूमा सिटामोल दिएका छौं । हामीले बाढेको सिटामोल औषधी पसलहरूले आवश्यक पर्ने विरामीलाई निःशुल्क दिनेछन् ।’

संघले विराटनगरको रानीस्थित न्यू आन्नद मेडिकल हलमा, न्यूरो अगाडीको सृष्टि मेडिकल हल, हस्पिटल चौकमा रहेको रामकृष्ण फार्मेशी, विराट नर्सिङ्ग ओम अगाडीको जनहित फार्मेशी, पुष्पलालचौकस्थित डिआर फार्मेशीमा ५ सय पिस सिटामोल बितरण गरेको छ । यसैगरि बुढीगंगा स्थित विराट मेडिकल कलेज अगाडीको सुप्रिया औषधी पसल, नोबले अगाडीको संस्कृति फार्मेशी, तीनपैनीचौकस्थित जुगनु फार्मेशी र हाटखोला चौकस्थित सुजन फार्मेशीमा संघले सिटामोल दिएको हो । संघले दिएको यी फार्मेशीदेखि आवश्यक पर्ने विरामीलाई निःशुल्क सिटामोल लिन पनि आग्रह गरेको छ । ‘अहिले सिटामोल नपाएर विरामीका आफन्तहरू भौतारिरहेका छन्,’ संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले भने, ‘हामीले केही औषधी जोहो गरेर सामाजिक उतरदायित्व अन्तर्गत विरामीलाई निःशुल्क सिटामोल बाढन औषधी पसललाइ दिएका हौं ।’ विरामीको आवश्यकता अनुसार सिटामोल थप पनि गरिने संघले जनाएको छ । विराटनगरपछि मंगलबार मोरङको अन्य ठाउँमा रहेका फार्मेशी मार्फत विरामीलाई सिटामोल बितरण गर्ने प्रवक्ता ढकालले जानकारी दिए । 

विराटनगरका दश वटा फार्मेशीहरुमा संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष तथा प्रवक्ता ढकाल, सचिब हरिराज रेग्मी, सदस्यहहरूमा प्रकाश धिमाल र सरिता चौधरी उपस्थित भएर सिटामोल बितरण गरेका थिए । 

विराटनगरसहित प्रदेश १ मा केही दिनयता प्यारासिटामोलको चरम अभाव देखिएको छ । लागत मूल्य पनि नउठने भन्दै औषधी उत्पादन गर्ने कम्पनीले प्रयाप्त मात्रमा उत्पादन नगर्दा सिटामोल अभाव देखिएको हो । यसअघि संघले फन्टलाइनमा रहेर खटिएका सुरक्षाकर्मी र संचारकर्मीहरूलाई पनि स्वास्थ्य सामाग्री बितरण गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.